back
NMB ad

नेपाल र थाइल्याण्डका उद्योगपति–व्यापारीबीच सम्बन्ध स्थापना गर्न बैंककमा कार्यशाला

Kumari bank ad

काठमाडौँ । नेपालमा उपलब्ध लगानीका अवसरको प्रचारप्रसारका साथै नेपाल र थाइल्याण्डका उद्योगपति–व्यापारीबीच सम्बन्ध स्थापना गर्ने उद्देश्यले गत मंगलबार बैंककमा लगानी प्रबद्र्धन कार्यशाला आयोजना गरियो ।

थाइल्याण्डका उद्योगपति, व्यवसायी, सञ्चारकर्मी, थाइ उद्योग संघ, थाइ वाणिज्य संघका प्रतिनिधि, थाइल्याण्डको लगानी बोर्डका पदाधिकारी, नेपाल–थाइल्याण्ड उद्योग वाणिज्य संघ, गैरआवासीय नेपाली संघ, थाइल्याण्ड–नेपाल संगठनका सदस्यहरुको उल्लेख्य उपस्थितिमा भएको कार्यशालामा नेपाली र थाई उद्योगपति, व्यवसायी र व्यापारीबीच पारस्परिक व्यापार प्रवद्र्धनका निम्ति सम्बन्ध विस्तार हुनुपर्नेमा जोड दिइएको थियो ।

कार्यशालामा थाइल्याण्ड उद्योग संघका उपाध्यक्ष क्रेइङक्राई थिनुकुलले थाइल्याण्ड र नेपालका उद्यमी–व्यवसायीलाई एकापसमा व्यावसायिक सम्बन्ध एवं सम्पर्क विस्तारका निम्ति आह्वान गर्नुभएको बैंककस्थित नेपालको राजदूतावासले जनाएको छ ।

थाइल्याण्डका लागि नेपालका राजदूत खगनाथ अधिकारीले वैदेशिक लगानीको सुरक्षाप्रति प्रतिबद्ध स्थिर सरकार नेपालमा गठन भएको जानकारी दिँदै ढुक्क भएर लगानी गर्न थाइ उद्यमीलाई अनुरोध गरे ।

थाइल्याण्ड वाणिज्य संघका अध्यक्ष चेन नाम्चाइसिरीले नेपाली चिया, औषधिजन्य जडिबुटी, हस्तकलाका सामग्री थाइल्याण्ड निर्यात हुनसक्ने बताए ।

थाइल्याण्ड–नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण शिभाक्रिस्कुलले प्राकृतिक स्रोत र साधनले भरिपूर्ण नेपालमा लगानी गरेर नाफा कमाउने अवसर नगुमाउन थाई लगानीकर्तालाई अनुरोध गरे ।

नेपाल लगानी बोर्डका सहसचिव उत्तम वाग्लेले वैदेशिक लगानीका निम्ति नेपाल सरकारले गरेका नीतिगत सुधार, संस्थागत व्यवस्थापन, लगानी प्रक्रिया, परियोजना र उच्च प्रतिफल प्रदान गर्ने लगानीका क्षेत्रबारे जानकारी दिए ।

कार्यशालापछि नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यम विकास समितिका अध्यक्ष कमला श्रेष्ठ नेतृत्वको नेपाली उद्यमी–व्यवसायीसँग थाइल्याण्डका व्यापारी–उद्यमीले व्यापारिक छलफलसमेत गरेका उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२०७४ फागुन १७ गते प्रकाशित

वि.सं.२०७४ फागुन १७ बिहीवार २०:१८ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...