back
NMB ad

सडक सुरक्षामा एनआरएनले सहयोग गर्ने

Kumari bank ad

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सडक सुरक्षाका विषयमा सरकारसँग मिलेर काम गर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघबीच सडक सुरक्षासम्बन्धी ज्ञान र सीपलाई आदानप्रदान गर्नेसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा आज हस्ताक्षर भएको छ ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र संघका अध्यक्ष भवन भट्टबीच हस्ताक्षर भएको हो ।

संघले विदेशमा सिकेको सडक सुरक्षासम्बन्धी ज्ञानलाई नेपालका सडक सुरक्षामा प्रयोग गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको संघले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संघले सडक सुरक्षा बढाउन एक प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नेछ । संघले यसअघि नेपाल इञ्जिनियर्स एसोसिएसनसँग पनि सहमतिपत्रमा हस्ताक्षर गरिसकेको छ ।

सडक सुरक्षामा ध्यान नदिँदा वर्षेनी सयौँ नागरिकको ज्यान जाने गरेकाले त्यसमा विशेष ध्यान दिइएको संघले जनाएको छ ।

२०७४ फागुन २१ गते प्रकाशित

वि.सं.२०७४ फागुन २१ सोमवार २०:२५ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...