Logo

आइपिओ प्रस्ताव सहित साहसले बोलायो साधाराण सभा, के छ तयारी ?

काठमाडौ । साहस उर्जाले चैत्रमै निष्काशन गर्ने गरी आइपिओ प्रस्ताव गरेको छ । कम्पनीको चैत्र १४ गते बस्ने साधारण सभाले साधाराण सेयर आइपिओ निष्काशनको प्रस्ताव पारित गर्ने तयारी गरेको हो ।

कम्पनीले आइपिओ जारी संगै संशोधित प्रबन्धपत्र तथा नियमावली स्वीकृत गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको हो । फगुन १३ गते बसेको कम्पनी संचालक समितिको बैठकले उक्त प्रस्ताव साधरण सभामा लैजाने निर्णय गरेको थियो ।

साधारण सभाले आइपिओ कुन अनुपातमा जारी गर्ने र को मार्फत जारी गर्ने भन्ने निर्णय गर्ने कम्पनीले जनाएको छ । साधारण सभामा आइपिओ निष्काशनको समयसंगै र बिक्री प्रबन्धकको बारेमा पनी छलफल हुने जनाएको छ ।

कम्पनीले सोलुखुम्बुमा ८६ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले यसअघि गुल्मीमा पाँच मेगावाटको हुग्दीखोला जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गरिसकेको छ । सहकारी र बैंकिङ क्षेत्रका प्रतिष्ठित ब्यक्तिहरुले लगानी गरेको साहस उर्जा निजीस्तरको ठूलो जलविद्युत आयोजना हो ।

२०७४ फागुन २२ गते प्रकाशित ।

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com