back
NMB ad

साहसिक खेल ‘क्यानोनिङ’को सफल परीक्षण

Kumari bank ad

बागलुङ । गलकोट नगरपालिका–३ हटियास्थित सहस्रधारा झरनामा साहसिक खेल क्यानोनिङ छाँगारोहण को सफल परीक्षण भएको छ ।

क्यानोनिङका विज्ञ रामबहादुर गुरुङसहितको टोलीले सम्भाव्यता अध्ययनपछि बिहीबार ‘क्यानोनिङ’ अभ्यास गरेका थिए । जिल्लामै पहिलोपटक ‘क्यानोनिङ’ खेलको गन्तव्य पहिचान भएको वाड नं ३ का अध्यक्ष वीरजंग भण्डारीले बताए ।

उहाँकै पहलमा ७५ मिटर उचाइको सहस्रधारामा ‘क्यानोनिङ’ शुरु गर्ने योजनाले सार्थकता पाएको हो । ओझेलमा परेको सहस्रधारा झरना ‘क्यानोनिङ’कै कारण एकाएक चर्चामा आएको छ । साहसिक खेलमा रमाउन चाहाने आन्तरिक तथा बाह्य पर्यटकलाई ‘क्यानोनिङ’ले आकर्षित गर्ने अध्यक्ष भण्डारीले बताए ।

‘थप पूर्वाधार विकास गरेर सहस्रधारा झरनालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्छौं,’ उनले भने– ‘क्यानोनिङ खेलले यसको महत्वलाई उजागर गरेको छ ।’ वडा कार्यालयले चालु आवमा छुट्याएको बजेटबाट ‘क्यानोनिङ’ खेलको सम्भाव्यता अध्ययनको काम भएको हो ।

‘क्यानोनिङ’ खेलको दिगो विकासका लागि पूर्वाधार तयारीदेखि प्रचारप्रसारलाई तीव्र पारिने भएको छ । स्थानीय युवालाई तालीमको लागि पोखरा पठाउने तयारी भएको अध्यक्ष भण्डारीले बताए ।

गलकोट नगरपालिकाका प्रमुख भरत शर्माले यस क्षेत्रको पर्यटन विकासमा ‘क्यानोनिङ’ले टेवा पु¥याउने यसले पर्यटक भित्र्याउन पक्कै सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पानी बगिरहेको झरनामा डोरीको सहायताले फेदबाट उक्लिएर डाँडामा पुग्ने र पुनः तल ओर्लने कार्य नै ‘क्यानोनिङ’ हो । परीक्षण अभ्यासमा ‘क्यानोनिङ’ गर्नुभएका वडा अध्यक्ष भण्डारीले यस खेलबाट आफूले रोमाञ्चक अनुभव बटुलेको बताए ।सदरमुकामदेखि ४५ किमिको दुरीमा अवस्थित सहस्रधारा झरना पुग्न हटियादेखि ३० मिनेटको पैदलयात्रा तय गर्नुपर्छ ।

२०७४ फागुन २५ गते प्रकाशित

वि.सं.२०७४ फागुन २५ शुक्रवार १२:४२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...