back
NMB ad

प्रदेश नं.५ सरकारको उच्च प्राथमिकतामा लुम्बिनी क्षेत्र विकास

Kumari bank ad

रुपन्देही । लुम्बिनी क्षेत्रको दिगो विकासका लागि प्रदेश नं ५ का सरकारले उच्च प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा लुम्बिनी क्षेत्रको दिगो विकास तथा बुद्धसँग सम्बन्धित पुरातात्विक महत्वलाई उजागर गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखिएको सो प्रदेशका भौतिक योजना तथा पूर्वाधारमन्त्री एवं सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सडक सञ्जाल र आवास निर्माण गरेर पर्यटकलाई आर्कषण गर्ने योजना बनाइने र लुम्बिनीमा पर्यटकको संख्या र बसाईको समयावधि बढाइने पनि बताए । रुपन्देही, नवलपरासी, कपिलवस्तु जिल्ला बुद्धभूमि लुम्बिनीसँग सम्बन्धित क्षेत्र हुन । यस क्षेत्रलाई पर्यटकीय आर्कषणको रुपमा लिइन्छ ।

त्यस्तै प्यूठानको स्वर्गद्धारीलाई धार्मिक पर्यटकको रुपमा विकास गर्न र त्यस क्षेत्रमा पर्यटकीय आर्कषण बढाउन कदम चालिने मन्त्री चौधरीले बताए । उनले भने– “यी तीन क्षेत्रलाई “टुरिष्ट हब” को रुपमा विकास गरेर यसका आधारमा बजेट विनियोजन गरिनेछ ।”

छ जिल्ला पहाड र छ जिल्ला तराई भएको प्रदेश नं. ५ मा जातीय सद्भाव कायम राख्न जोड दिइने बताउँदै मन्त्री चौधरीले विकासमार्फत सामाजिक सद्भाव कायम हुने धारणा राख्नुभयो ।

यस बाहेक हाइड्रोपावरको प्रशस्त सम्भावना रहेको र त्यसबाट बिजुली उत्पादन गर्न सकिने बताउँदै उहाँले प्रदेश नं। ५ औद्योगिक हब पनि हो, त्यसै अनुरुप यहाँ विकासका संरचना बनाईन्छ ।

मन्त्री चौधरीले औद्योगिक कोरिडोर र शैक्षिक हबका रुपमा पनि यो प्रदेशलाई विकास गर्ने लक्ष्य लिएको बताउँदै कूल ग्रार्हस्थ उत्पादनमा प्रदेश नं. ५ को योगदान कसरी उच्च राख्न सकिन्छ भनेर प्राथमिकतामा राखेको जानकारी दिए ।

२०७४ फागुन २५ गते प्रकाशित

वि.सं.२०७४ फागुन २५ शुक्रवार १४:२४ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...