back
NMB ad

औद्योगिक वातावरणको लागि उद्योगमा सुरक्षा स्टिकर

Kumari bank ad

चितवन । चितवन उद्योग संघले उद्योगको सुरक्षाका लागि सशस्त्र प्रहरीसँगको सहकार्यमा चितवन र नवलपुरका ठूला उद्योगमा औद्योगिक सुरक्षा स्टिकर टाँस्ने अभियान शुरु गरेको छ।

बिहीबार रत्ननगरबाट शुरु भएको सो अभियानअन्तर्गत आज भरतपुर महानगरपालिकाका विभिन्न उद्योगमा स्टिकर टाँसिएको छ । आज एक कार्यक्रमकाबीच भरतपुर महानगपालिकाकी प्रमुख रेणु दाहालले बोटलर्स नेपाल तराई लिमिटेड भरतपुरको उद्योगमा स्टिकर टाँसेर महानगरका उद्योगमा स्टिकर टाँस्ने अभियानको शुभारम्भ गर्नुभएको थियो।

नगर प्रमुख दाहालले महानगरभित्र निर्वाद रुपमा उद्योगधन्दा सञ्चालन गर्ने वातावरण निर्माण गरिने बताउनुभयो । बन्द, हडताल र आन्दोलनका कारण निर्वाद रुपमा सञ्चालन हुननसकेका उद्योग, कलकारखाना फस्टाउन नसकेको उहाँको भनाइ छ ।

यस्तै, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय आँपटारीका प्रहरी उपरीक्षक सुवर्ण थापाले राज्यले उद्योग कलकारखानाको सुरक्षाको जिम्मा दिएकाले त्यो जिम्मेवार पूरा गर्न तयार रहेको बताए । आगामी दिनमा सुरक्षा व्यवस्था अझै चुस्त पारिने उहाँले प्रतिबद्धता व्यक्त गरे ।
उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडीले पहिलो चरणअन्तर्गत चितवन र नवलपुरका करिब पाँच सय ठूला उद्योगमा स्टिकर टाँसिने बताए । ठूला उद्योगमा स्टिकर टाँसेपछि साना–ठूला सबै उद्योग तथा कारखानामा स्टिकर टाँस्ने योजना छ । बिहीबार मात्रै पूर्वी चितवनका ३२ वटा ठूला उद्योगमा स्टिकर टाँसिएको छ । स्टिकरमा ‘सेवा, सुरक्षा सहयोग र उद्धारका लागि सशस्त्र प्रहरी बल’ नारा लेखिएको छ । विभिन्न क्षेत्रका सशस्त्र प्रहरी बलको फोन नम्बरसमेत त्यसमा राखिएको छ ।

विपत् व्यवस्थापन तालीम केन्द्र कुरिनटार, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय भण्डारा, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय आँपटारी, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय नवलपरासी, औद्योगिक सुरक्षा बेस दलदले, सुरक्षा बेस मुकुन्दपुरको फोन नम्बर स्टिकरमा उल्लेख गरिएको छ । कुनै पनि उद्योगमा समस्या आएमा तत्काल सशस्त्र प्रहरीलाई खबर गर्न सकिने छ ।

२०७४ फागुन २५ गते प्रकाशित

वि.सं.२०७४ फागुन २५ शुक्रवार १५:२९ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...