Logo

दृष्टिविहीन विद्यार्थीलाई मोबाइल

इलाम । दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड मोबाइल फोन वितरण गरिएको छ । इलाम, पाँचथर र ताप्लेजुङका १७ विद्यार्थीलाई सो सहयोग गरिएको एक्सन डिसेवल राइट्स एण्ड डेभलपमेण्ट नेपालका अध्यक्ष डा. वीरेन्द्रराज पोख्रेलले बताए ।

त्यसैगरी फाकफोकथुम गाउँपालिका वडा नं १ र २ मा २५ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । करुणा फाउण्डेशन नेपालको आयोजना तथा महिला तथा बालबालिका कार्यालयको सहयोगमा वडा नं १ को ठिंगेपुर र वडा नं २ को कोल्बोटेमा भएको शिविरमा एक रातो , सात नीलो, ११ पहेँलो र छ जनालाई सेतो परिचयपत्र वितरण गरिएको फाउण्डेशनका सन्तबहादुर विश्वकर्माले जानकारी दिए ।

२०७४ फागुन २६ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com