back
NMB ad

भारतीय ट्रक तथा कन्टेनर नेपालमा प्रवेश गर्दा नेपाली ट्रक व्यवसायी मर्कामा

Kumari bank ad

काठमाडौँ । भारतीय ट्रक तथा कन्टेनर नेपालमा प्रवेश गर्दा नेपाली ट्रक व्यवसायी मर्कामा परेका छन् ।

नेपाल ट्रक कन्टेनर व्यवसायी संघको १७ औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटले यातायात क्षेत्रको समस्या समाधानका लागि अधिकारसम्पन्न यातायात प्राधिकरण निर्माण गर्नुपर्ने बताए ।

अध्यक्ष रानाभाटले तातोपानी नाका बन्द हुँदा ट्रक तथा कन्टेनर व्यवसायी मर्कामा परेको भन्दै सरकारले उक्त नाका खुलाउन पहल गर्नुपर्नेमा जोड दिए । भारतीय ट्रक कन्टेनर नेपाल प्रवेश गर्दा नेपाली ट्रक व्यवसायीको व्यवसायमा समस्या भएको उनको भनाइ थियो ।

संघका अध्यक्ष अर्जुनबहादुर सापकोटाले केरुङ नाकामा ट्रक तथा कन्टेनर चालकलाई प्रवेश निशेध गरेर चीन सरकारले समस्या गराएको बताए । उनले दुर्घटना बिमा स्पष्ट नहुँदा ट्रक तथा कन्टेनर व्यवसायी मर्कामा परेको उल्लेख गरे ।

विसं २०५८ सालमा २४६ ट्रक कन्टेनर संघमा हाल एक हजार ट्रक तथा कन्टेनर आबद्ध रहेको संघका कार्यालय प्रमुख पूर्णचन्द्र पराजुलीले बताए । ट्रक तथा कन्टेनर संघबाट हाल दुई हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष्य तथा धेरै व्यक्तिले अप्रत्यक्ष्य रुपमा रोजगार पाएका छन् । संघबाट ट्रक तथा कन्टेनर व्यवसायमा झण्डै रु दुई अर्ब लगानी भएको छ ।

२०७४ फागुन २६ गते प्रकाशित 

वि.सं.२०७४ फागुन २६ शनिवार १९:०८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...