back
NMB ad

यी हुन् नेपालका सर्वाधिक ५ धनी ? जो विश्वमै चर्चित छन्

Kumari bank ad

हामीले धेरैको मुखबाट सुन्ने गर्छौं हाम्रो देश पो गरिब त यहाँका मान्छे त जति पनि धनी छन् नि ! साँच्चै नै, हाम्रो देशका अधिकांश नागरिकहरु धनी छन्, जसले गर्दा विश्वमै चर्चित छन् । के तपाईलाई थाहा छ नेपालका सबैभन्दा धनी ५ व्यक्ति को को हुन् ? हेर्नुहोस् नेपालका सर्वाधिक ५ धनी जो विश्वमै चर्चित छन् :

५. आदित्य झा

3
जनकपुरको मध्यमवर्गीय परिवारमा जन्मिएका थिए । जहाँ उनका तीन दाजुभाइ र दुई दिदीबहिनी थिए । उनका बुवा एक वकिल थिए जसले आफ्नो वकालत पेशा नेपाल भारत सीमामा पर्ने गाउँ सीतामणीमा गर्दै आएका थिए । उनले आफ्नो विद्यालय गाउँमै सकाएका थिए भने एसएलसी पछि उनी आफ्नो अध्ययनका लागि दिल्ली गए ।

हंसराज कलेज दिल्लीबाट स्नातक सकेपछि उनले म्याथम्याथिकल स्टाटिक्समा स्नातकोत्तर कुरुक्षेत्र विश्वविद्यालयबाट गरे । त्यहाँ नै उनले स्नातकोत्तर पछि कम्युटर साइन्टरमा पोष्टग्रयाजुयटको अध्ययन सके । त्यसपछि जवाहरलाल नेहरु विश्वविद्यालयमा ३÷४ वर्ष उनले रिसर्च स्कोलरका रुपमा बिताए ।

त्यसपछि पेरिसमा अध्ययनका लागि पुगे । अध्ययनपछि उनले भारतमा नै काम गरे । तर सन् १९९४ को अन्त्यतिर उनी क्यानडा पुगे र त्यहाँको प्रतिष्ठित कम्पनी बेल क्यानडामा म्यानेजरका रुपमा काम गर्न थाले । त्यसको केही समयपछि उनले चार जना साथीहरुसँग मिलेर आफ्नै कम्पनी खोले ।

यसरी खोलिएको पहिलो कम्पनीबाट सफलता पाएपछि उनले पुनः दोस्रो कम्पनी खोले र फेरि तेस्रो कम्पनी पनि खोले । आर्थिक सफलतामिलेसँगै उनले विभिन्न क्षेत्रमा समाजसेवा पनि गर्न थाले । त्यसपछि उनले पीओए फाउण्डेशन नामक सामाजिक संस्था खोले जसले क्यानडामा अपाङ्गता भएका युवा विद्यार्थीहरुलाई छात्रवृत्ति दिने काम गर्न थाले ।

भारत, नेपाल र क्यानडाका विभिन्न क्षेत्रहरुमा उनले काम गर्दै आएका छन् । विभिन्न क्षेत्रमा योगदान गरेर पनि उनीसँग अर्बभन्दा बढी सम्पत्ति भएको बताइएकोछ । नेपालमा उनले एक विद्यार्थी एक ल्यापटप प्रोजेक्ट ल्याएका छन् । यसका साथै उनले भारतमा पनि एचआइभी बिरुद्ध लड्ने संस्था खोलेका छन् । उनी हाल क्यानडामा बस्छन् ।


४. बलराम चैनराई (बालु)

2
बलराम चैनराई जो आफूलाई बालु चैनराई भनेर चिनाउन चाहन्छन्, उनको जन्म सन् १९५८ मा ओखलढुंगामा भएको हो । उनका बुवा पी.जी. चैनराई बेलायती सेनाका रुपमा कार्यरत थिए । सेनामा भएको बढुवासँगै उनले आफ्नो परिवारलाई हङकङ लिएर गए । बालु पनि सानै उमेरमा हङकङ पुगे । त्यहाँ पुगेपछि उनले त्यही स्कुलले शिक्षा पाए, स्कुले जीवन सकेपछि उनले सजिलै बेलायती पासपोर्ट प्राप्त गरे । यसरी उनी नेपालबाट हङकङ हुँदै बेलायत पुगे ।

उनले सानै उमेरदेखि व्यापार व्यवसाय सुरु गरेको बताइन्छ । सन् १९८४ मा उनले खोलेको हर्निङटन इन्टरप्राइजेजले इलेक्ट्रिक सामानका साथसाथै गुडियाहरु एवं कम्युटरका पाटपुर्जाको बिक्री गर्दै आएको छ । उनको व्यवसायले विशेष गरी घरजग्गा, मनोरञ्जन क्षेत्र, होटल एवं सोलार पावरलाई समेटेकोछ । यसका साथ साथै उनी इङ्लिस प्रिमियर लिगको क्लब पोर्टस्माउथ सिटी फुटबल क्लबका मालिक पनि हुन् ।

उनको व्यापार एसिया, मध्य पूर्व, युरोप, पूर्वी युरोप, युक्रेन र रसियामा फैलिएकोछ । संसारकै धनी नेपालीहरुमा नाम लिँदा उनको पनि नाम आउने गर्छ । यद्यपि उनले नेपालमा लगानी गरेको भने खुलेको छैन यसका साथै उनीसँग कति सम्पत्ति छ भन्ने कुरा पनि सार्वजनिक भएको छैन ।

उनले भारतीय मूलकी महिलासँग विवाह गरेका छन् भने उनका तीन सन्तान छन् । उनी दक्षिण एसिया समाज हङकङका प्रमुख सदस्य समेत रहेका छन् । उनले नेपाली नागरिकता धेरै पहिले नै त्यागिसकेको पनि बताइएकोछ । उनी हाल हङकङमै बस्छन् ।


३. शेष घले

4
गैर आवसीय नेपाली संघका वर्तमान अध्यक्ष शेष घले अष्ट्रेलियामा बस्ने नेपाली हुन् । लमजुङ जिल्लामा जन्मिएर अध्ययनको सिलसिलामा अष्ट्रेलिया पुगेका उनले त्यही सिभिल इञ्जिनियरिङमा स्नातकोत्तर सकेका थिए । त्यसपछि शिक्षाकै क्षेत्रमा लगानी गर्दै आएका उनी अष्ट्रेलियाका २ सय धनी मध्ये ९९ मा परेका छन् । उनकी श्रीमती जमुना गुरुङ पनि अष्ट्रेलियाकी धनी महिलामध्ये एक पर्दछिन् । शेष घलेले पनि सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् ।


२. उपेन्द्र महतो

5
हाल रसियामा बसोवास गर्ने उपेन्द्र महतो ग्रैह आवसीय नेपालका पूर्व अध्यक्ष हुन् । उनी रसिया नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष पनि हुन् । त्यस्तै बेलारुस लागि नेपालका प्रतिनिधि पनि हुन् । उनी डक्टर अफ साइन्स (डीएससी) पाउने पहिलो नेपाली पनि हुन् । ब्यापारका साथसाथै उनलाई योग र साधनको क्षेत्रमा उनले लगानी गरेका छन् । देवघाटमा बृद्धाश्रम बनाउनेदेखि आफू जन्मेको जिल्ला सिराहा अस्पताल बनाउने, स्वामी रामदेवलाई नेपाल बोलाएर योगाभ्यास गराउनेदेखि १ सय रुपैयाँमा विद्यालय शिक्षा अध्ययन गर्न पाउने समता स्कुलमा समेत उनले काम गर्दै आएका छन् ।


१. बिनोद चौधरी

binod 1
सन् १९५५ अप्रिल १४ गते जन्मिएका बिनोद चौधरी चौधरी ग्रुपका अध्यक्ष हुन्, जसको अन्तर्गत ८०भन्दा बढी कम्पनीहरु छ । चौधरी फोब्र्स म्यागजिनले निकाल्ने अर्बपतिहरुको सूचिमा लगातार पर्न सफल व्यवसायी पनि हुन् । उनलाई त्यसैले डलर अर्बपति पनि भन्ने गरिन्छ । व्यवसाय बाहेक उनी विभिन्न सरकारी एवं सामाजिक कार्यहरुमा पनि सक्रिय छन् । उनले संविधान सभाको सदस्यका रुपमा पनि सन् २००८ देखि २०१२ सम्मको कार्यकाल निर्वाह गरेका थिए । यसका साथै उनले साहित्य, कला र संगीत क्षेत्रमा पनि विशेष रुचि राख्ने गरेका छन् ।

प्रस्तुती : इरादा पहाडी 

 एजेन्सीको सहयोगमा

 २६ फागुन २०७४ मा अध्यावधिक गरिएको

वि.सं.२०७४ फागुन २६ शनिवार १३:२६ मा प्रकाशित

You can share this post!

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...