back
NMB ad

थप सवा अर्बको सेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीको कती ?

Kumari bank ad

काठमाडौ । नेपाल स्टक एक्सचेन्जमा आईतबार बिभिन्न कम्पनीका १ करोड १९ लाख ४२ हजार ४ सय २३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा प्रकाशित सूचना अनुसार आईतबार ८ वटा कम्पनीको १ अर्ब १९ करोड ४२ लाख ४२ हजार ३ सय रुपैँया बराबरको बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृत बोनसमा सबैभन्दा धेरै चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ५१ लाख ७१ हजार ८ सय ८६.७२ कित्ता बोनस सूचीकृत भएको छ भने सबैभन्दा कम ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेडको १ लाख १३ हजार कित्ता बोनस सेयर रहेको छ ।

यसैगरि आईतबार नेप्सेमा लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेडको २ लाख २० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । आईतबार नै एक्सेल डेभलपमेण्ट बैङ्क लिमिटेडको ११ लाख ५८ हजार ३ सय २.२५ कित्ता बोनस पनी सूचीकृत भएको छ ।

सूचीकृत हुने अन्यमा बरुण जलविद्युत कम्पनी लिमिटेडको १ लाख २१ हजार ५ सय कित्ता बोनस सेयर र स्वरोजगार लघुबित्त वित्तिय संस्था लिमिटेडको १ लाख ७४ हजार ९ सय ९६.८० कित्ता बोनस सेयर रहेका छन् ।

यस्तै आईतबार नै कैलाश विकास बैङ्क लिमिटेडको २२ लाख ९१ हजार ४ सय ८८ कित्ता बोनस र गुहेश्वरी मर्चेण्ट बैङ्किङ एण्ड फाईनान्स लिमिटेडको १० लाख ९१ हजार २ सय ४९.३१ कित्ता बोनस सेयर समेत सूचीकृत भएका छन् ।

२०७४ फागुन २८ गते प्रकाशित ।

वि.सं.२०७४ फागुन २८ सोमवार ०७:५५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...