Logo

६ सय ७० रुपैँया बजारमूल्य रहेको इन्स्योरेन्सको १२ हजार ५ सय कित्ता सेयर लिलामीमा

काठमाडौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले हकप्रदमा नबिकेको १२ हजार ५०३ कित्ता सेयरको सर्वसाधारणका लागि लिलामी खुला गरेको छ ।

कम्पनीले गत पुष १६ गते १० बराबर ३ को अनुपातमा १ सय रुपैँया अंकित मूल्यको १२ करोड ८३ लाखको हकप्रद निष्काशन गरेको थियो । माघ २१ गतेसम्म उक्त ३० प्रतिशत हकप्रद बिक्री नभएपछी कम्पनीले लिलामीमा राखेको हो ।

दोस्रो बजारमा सेयरमूल्य ६७० रुपैयाँ मूल्यमा कारोबार भइरहेको सेयरमा लगानीकर्ताले सय रुपैयाँ भन्दा माथि न्यूनतम सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । लिलामीको सेयरमा फागुन २८ गतेदेखि चैत्र ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

एनआईसी एशिया क्यापिटललाई बाकी सेयरको लिलाम बिक्रीको जिम्मा लगाएको कम्पनीले चालु आवको प्रथम त्रैमासमा दुई करोड ५२ लाख खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २३ रुपैयाँ ६० पैसा कायम गरेको छ ।

२०७४ फागुन २८ गते प्रकाशित ।

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com