Logo

ब्रेकिङ न्युज अपडेट : दुर्घटना लगत्तै विमानस्थलमा धुवाँको मुस्लो (भिडियो सहित)

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा धावन मार्गमा चिप्लिएर दुर्घटना भएको युएस बंग्ला विमानमा आगलागी भएको छ ।

अवतरणको क्रममा रनवेबाट बाहिर गएर दुर्घटना भएको हो ।

ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो । प्रत्यक्षदर्शी चावहिल मैजुबहाल बस्ने मोहनबिक्रम लामाका अनुसार विमान आकाशबाट एकै पटक तल ओर्लियो, ल्याण्ड नभइ साँखुतिर हान्नियो । जहाज फेरी फर्केर घरतिरै ठोक्किएल झै गरी आयो । ९० डिग्रीमा मोडेर चावहिलतिरबाट ल्याण्ड भएको एकै छिन्मा धुवा आयो ।

दुर्घटनास्थल नजिकै रहेका प्रकाश सुवेदीले विमानस्थलमा धुवाँ उडिरहेको भिडियो फेसबुकमा पोस्ट गरेका छन ।

थप विवरण आन बाँकी ..

२०७४ फागुन २८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com