Logo

विमान दुर्घटना : हालसम्म २० जनाको शव निकालियो, उद्दार कार्य जारी

काठमाडौं । बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ ।

दुर्घट्नामा हालसम्म २० जनाको शव निकालिएको छ भने १२ जनालाई उपचारका लागि उद्दार गरेर पठाइएको छ । अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ ।

विमानमा रहेका १४ जनाको उद्धार गरिएको छ । विमानमा लागेको आगो नियन्त्रणमा दिने प्रयास जारी छ । विमानस्थल स्रोतका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए ।

उद्दार कार्य जारी छ।

सबै तस्विर : सुवास सुवेदी

२०७४ फागुन २८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com