काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युएस बंगलाको जहाज त्रिभुवन अन्राष्ट्रिय विमानस्थलमा दुर्घटना ग्रस्त भएको प्रति शोक व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज एक शोक वक्तब्य जारी गर्दै बंगलादेशको राजधानी ढाकाबाट ६७ जनायात्रु लिएर काठमाडौं आएको यूएस बंगलाको बम्बार्डियर जहाज त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको खबरले हामी सबैलाई स्तब्ध बनाएको छ भनेका छन् ।
प्रधानमन्त्री ओलीले लेखेका छन् “ठूलो मानवीय क्षति हुनेगरी भएको यस अकल्पनीय तथा हृदयविदारक दुर्घटनामा ज्यानगुमाएका नेपाली/बंगलादेशीलगायत सबै यात्रुहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र उहाँहरुकाशोकाकुल परिवारजनप्रतिगहिरो समवेदनाब्यक्तगर्दछु । दुर्घटनामा घाइते हुनु भएकायात्रुहरुको शीघ्र स्वास्थ्यलाभको कामनागर्दछु ।”
प्रधानमन्त्री ओलीले लेखेका छन् “यस त्रासदीपूर्र्ण दुर्घटनाको सत्यतथ्यकारण पत्तालगाउन मन्त्रिपरिषद्को बैठकले जाँचबुझ आयोग गठन गरेको छ र यस प्रकृतिका घटना दोहोरिन नदिने उपाय खोजिने छ।” उनले दुर्घटनामा परेका यात्रुहरुको शीघ्र उद्वार कार्यमा तदारुकताका साथ घटनास्थलमा खटिएका नेपाली सेना लगायतका सुरक्षानिकाय, नागरिक उड्ययन प्राधिकरण, दमकल, एम्बूलेन्स तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका राष्ट्रसेवक कर्मचारी सहित घाइतेहरुको उपचारमा संलग्न अस्पताल तथा स्वास्थ्यकर्मीप्रति पनि धन्यवाद व्यक्त गरेका छन् ।
२०७४ फागुन २८ गते प्रकाशित
वि.सं.२०७४ फागुन २८ सोमवार २०:२६ मा प्रकाशित