Logo

राष्ट्रपतिको शपथ बुधबार दिउँसो ४ बजे

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ बुधबार अपरान्ह ४ः०० बजेका लागि तय भएको जानकारी दिए।

राष्ट्रपतिलाई प्रधानन्यायाधीद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ । राष्ट्रपति भण्डारी आजै दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो । राष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुनेछ ।

२०७४ फागुन २९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com