back
NMB ad

रसुवागढी र साञ्जेन जलविद्युत आयोजनाको शेयर बाँडफाँड एक साता भित्रै हुने

Kumari bank ad

काठमाडौँ। रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीले निष्कासन गरेको पहिलो चरणको शेयर एक साता भित्रै बाँडफाँड हुने भएको छ। दुवै कम्पनीले निष्कासन गरेको शेयर आगामी सोमबार बाँडफाँड गर्ने तयारी रहेको बिक्री प्रबन्धकले जनाएका छन्।

रसुवागढी हाइड्रोपावर कम्पनीले पहिलो चरणमा निष्कासन गरेको शेयरलाई एक साताभित्रै बाँडफाँड गर्ने लक्ष्यकासाथ तयारी भैरहेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकरी अधिकृत ध्रुव तिमल्सिनाले जानकारी दिए।

उनका अनुसार हाल बैंकहरुबाट प्राप्त तथ्यांकलाई रुजु गर्ने काम भैरहेको छ। ‘बीचमा कुनै अवरोध नआए सोमबारसम्म बाँडफाँड हुन्छ’। उनले भने।यता साञ्जेन जलविद्युत् कम्पनीको बिक्री प्रबन्धक नागरिक लगानी कोषले पनि सोमबारनै बाँडफाँड गर्ने गरी तयारी थालेको छ।

नागरिक लगानी कोषका उप ब्यबस्थापक रोशनजंग कार्कीका अनुसार सोमबार बाँडफाँड गर्ने गरी तयारी भैरहेको हो।रसुवागढी हाइड्रोपावर कम्पनीले कर्मचारी संचयकोषका संचयकर्ताकोलागि निष्कासन गरेको प्राथमिक शेयरको मागभन्दा ६ गुणाभन्दा बढीको आवेदन परेको छ।

बुधबार आवेदन दिने अन्तिम म्याद रहेकोमा २ लाख भन्दा धेरै आवेदकबाट ६ अर्ब ६२ करोड रुपैयाँको हाराहारीमा आवेदन परेको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ।कम्पनीले एक अर्ब ३३ करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गरेको थियो।

यस्तै साञ्जेन जलविद्युत् कम्पनी एक लाख ८५ हजार तीन सय आवेदकबाट चार अर्ब २१ करोड ९० लाख रुपैयाँ बराबरको आवेदन परेको जनाएको छ।

पहिलो चरणको निष्कासनको बाँडफाँडसँगै दोस्रो चरणको निष्कासन सोमबारदेखि सुरु हुने बिक्री प्रबन्धकले जनाएका छन्। कम्पनीको संस्थापक कम्पनीका कर्मचारीकालागि चैत्र ५ गतेदेखि १३ गतेसम्म २३ करोड ९४ लाख रुपैयाँ निष्कासन हुने छ। सोही अवधिमा कर्मचारी संचयकोषका कर्मचारीकालागि ६ करोड ८४ लाख रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्ने छ।

२०७४ चैत २ गते प्रकाशित

वि.सं.२०७४ चैत २ शुक्रवार १४:१८ मा प्रकाशित

You can share this post!

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४७

काठमाडौं । आज बैशाख ६ गते, बिहीबार, सूर्यज्योति लाइफ इन्स्योरेन्स...

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:१५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:३४

कोलम्बो(श्रीलङ्का), ५ वैशाख : श्रीलङ्काली सरकारले सन् २०२४ मा चार...

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:२६

घोडाघोडी (कैलाली), ५ वैशाख : सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता...

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:१९

गोरखा, ५ वैशाख : गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना...

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

वि.सं.२०८१ वैशाख ५ बुधवार १६:२२

काठमाडौँ, ५ वैशाखः नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी...