back
NMB ad

नेपाल लाइफले ४२ प्रतिशत बोनस शेयर र १० प्रतिशत एफपिओ जारी गर्न बोलायो साधारण सभा

Kumari bank ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४२ प्रतिशत बोनस शेयर र २८.५३ प्रतिशत कर प्रयोजन सहित नगद लाभांस दिने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

कम्पनीले १८ औं वार्षिक साधारणसभा चैत २८ गते डाकेको छ । चैत्र १ गते बसेको संचालक समितिको बैठकले साधारणसभाको मिति र छलफलका विषयहरु टुङ्ग्याएको हो ।

साधारणसभाले गत आर्थिक बर्षको वित्तीय विवरण पारित गर्ने छ । अधिकृत पूँजी बृद्धि गरि ८ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव सधारणसभामा लैजान लागेको जनाएको छ ।

साधारणसभाले संचालनक समितिबाट संस्थापक एवं सर्वसधारण शेयर समुह अन्तर्गत रिक्त संचलक पदहरुको बाँकी कार्यकालको लागि गरिएको नियुक्ती अनुमोदन गर्ने भएको छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १४ देखि २८ गतेसम्मको लागि बुक क्लोज गर्ने भएको छ।

गत आर्थिक वर्षमा ४१ करोड ६५ लाख रुपैयाँ खुद मुनाफा गरेको कम्पनीले गत आर्थिक वर्षमा कुल बीमा शुल्क आर्जन १२ अर्ब २१ करोड रुपैयाँ थियो ।

कम्पनीको चुक्ता पूँजी तीन अर्ब ९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । कम्पनीले अहिलेको पूँजी संरचना परिवर्तन गर्दै गर्दा संस्थापक तर्फको १० प्रतिशत शेयर थप प्रिमियममा शेयर बिक्री गर्नु पर्ने हुन्छ । शेयर संरचना परिवर्तन गर्दा १० प्रतिशत शेयर एफपिओबाट जारी गर्नु पर्ने हुन्छ ।

कम्पनीले अहिले ४२ प्रतिशत बोनस शेयर प्रस्ताव पारित गरेसँगै कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ पुग्नेछ ।

२०७४ चैत ४ गते प्रकाशित

वि.सं.२०७४ चैत ४ आइतवार ११:११ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...