back
NMB ad

उत्कृष्ट प्रदेश बनाउन विज्ञहरुसहितको बजेट तर्जुमा कार्यशाला हेटौंडामा शुरु

Kumari bank ad

हेटौँडा । तीन नम्बर प्रदेश सरकारले चालु एवं आगामी आर्थिक वर्षको बजेट तर्जुमाको विषयमा आजबाट हेटौँडामा विज्ञहरुसँग कार्यशाला सुरु गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा बोल्दै प्रदेश नंबर ३ का मुख्य मन्त्री डोरमणी पौडेलले देशकै उत्कृष्ट प्रदेश बनाउने गरी बजेट तर्जुमा हुने बताए ।

प्रदेश नंबर ३ मा धेरै संभावनाहरु रहेको भन्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले धेरै ठुला सपनाहरु बाँढ्ने भन्दापनि गर्नसक्ने काम गर्दै जनतालाई विकासको लहर देखाउने काममा ध्यान जाने बताए ।

कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जन अपेक्षा र घोषणा पत्रमा भएका कार्यक्रमहरुलाई प्राथमिकता दिईने बताए । आफुहरुले भूगोलको नक्सालाई ध्यानमा राख्दै यहाँ के कस्ता योजनाहरु छन्, ति योजनाहरुलाई प्राथमिकताकोे साथ बजेटमा समेटिने बताए । उनले भने “यहा के को भोक छ त्यो भोक शान्त पार्ने काम प्रदेश सरकारबाट हुन्छ”

कार्यक्रममा प्रदेशका भौतिक योजना मन्त्री केशव स्थापित, उद्योग, पर्यटन तथा वातावरण मन्त्री अरुण नेपाल, प्रदेश नंबर ३ का मुख्य सचिव रेष्मीराज आचार्यको सहभागिता रहेको छ । दुई दिनसम्म चल्ने गोष्ठीमा विज्ञहरु ज्ञानेन्द्र श्रेष्ठ, प्रकाश श्रेष्ठ, रमेश कटरीया, गोविन्दप्रसाद घिमिरे लगायतले प्रदेश नंबर ३ को संभावना र बजेटमा समावेश गर्न सकिने कार्यक्रमको विषयमा आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बसन्त अधिकारीले जानकारी दिए ।

२०७४ चैत ४ गते प्रकाशित

वि.सं.२०७४ चैत ४ आइतवार ११:३५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...