back
NMB ad

सल्यानमा गर्मी बढेसंगै पानीको चरम अभाव, गाउँनै बसाइँ सर्न बाध्य

Kumari bank ad

सल्यान । गर्मीयाम शुरु हुनै लाग्दा सल्यानका उच्च क्षेत्रमा रहेका बस्तीमा खानेपानीको चरम अभाव हुन थालेको छ ।

पानीका मुहान सुक्दै जान थालेपछि त्यहाँका वनगाड कुपिण्डे नगरपालिका–१२ निगाल्चुलामा रहेका चौर, माँझखर्क, वस्नेवटा लगायतका बस्तीमा पानीको अभाव भएकाले एकगाग्री पानी लिन दुई घण्टासम्म हिँडेर मुहानसम्म पुग्नुपर्ने, त्यहाँ पालो कुरेर बस्नुपर्ने र फेरी फर्केर उकालो चड्नुपर्ने वाध्यता छ ।

प्रत्येक घरबाट पानी लिनका लागि एकजना मान्छे दिनभर खटिनुपर्ने बाध्यता रहेको गुनासो गर्दै वनगाड कुपिण्डे–१२ चौरकी रेवती वलीले भनिन्, “वरपर मुहान छैन दुई घण्टा हिँडेर एकगाग्री पानी ल्याउनु पर्छ, बस्तुभाउका लागि र खानेपानी ओसार्दैमा दिन बित्छ ।”

नजिकैको पोखरीमा जमेको पानी शौचालयका लागि प्रयोग गर्ने गरिन्थ्यो तर अहिले पोखरीको पानी सुकेपछि त झन समस्या भएको छ । घर परिवारमा दुई जनाले पानी ओसार्ने काममा लागेपछि बालबालिकाको पढाइमा समेत असर पर्न थालेको छ । स्थानीय चन्द्रबहादुर पुनले पीडा सुनाए, “बिहानै उठेर पानी लिन जानुपर्छ ५ बजे पानी लिन गएको मानिस ८ बजे फर्किन्छ, पानीकै लागि समय दिन परेकाले छोराछोरीलाई समयमा विद्यालय पठाउन सकिँदैन यसले गर्दा तिनको पढाइसमेत बिग्रेको छ ।”

“दिनभरि पानी बोकेको मानिसकै लागि त पु¥याउन सकिँदैन, बस्तुभाउलाई कहाँबाट पु¥याउनु ? यस्तै अभाव भोग्दै जानुपर्ने हो भने बस्तुभाउ पाल्न सकिँदैन ।” पुनले भने । आकाशेपानी संकलनका लागि ट्यांकी बनाएको भए पनि पानी नपरेपछि प्रयोगविहीन हुन थालेको छ ।

“उच्च बस्ती भएका कारण पानीका मुहान पनि कम छन्, त्यसमा पनि लामो खडेरीले गर्दा पानीका सबै स्रोत सुकिसकेकाले लिफ्ट प्रणालीको पानी ल्याउनुबाहेक विकल्प नभएकाले यसका लागि आफूले प्रयास गरिरहेको छु ।” वनगाड कुपिण्डे–१२ का वडाध्यक्ष गोविन्द डाँगीले भने ।

खानेपानीको अभावकै कारण धेरै मानिसले बसाइँ सरिसकेको उनको भनाइ थियो । “विकट क्षेत्र भएकाले धेरैको नजर पुगेको छैन यस्तै अभाव रह्यो भने यस्तो ठाउँमा मानिस कसरी बस्लान र बसाइँ सर्नुको विकल्प छैन ।”

कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरको चोत्रेमा पनि खानेपानीको अभाव भएपछि त्यहाँको बस्ती नै काकाकुल बनेको छ । एकगाग्री पानी लिनका लागि तीन घण्टा समय खर्चनु परेपछि सिङ्गो बस्ती नै काकाकुल बनेको कालीमाटी गाउँपालिका–१ का वडाध्यक्ष रविलाल बस्नेतले बताए ।

४७ घरधुरी रहेको उक्त बस्तीमा खानेपानीको संकटले बस्ती नै सर्ने भएको छ । “नजिकका पानीका मुहान सुकिसके एकगाग्री पानी लिनका लागि डेढ घण्टा पैदल तल झरेर पानी ल्याउनुपर्छ पानीको समस्या समाधान भएन भने बस्ती नै उठ्न सक्छ ।” उनले भने, “ घरका पाका व्यक्तिले दिनभरि पानी ओसार्ने भएपछि बालबालिकाको पढाइमा समेत असर परेकोे छ ।”

कालीमाटी गाउँपालिका–१ का कोट, वयाले, पोखरा, ढुंगकटेरी, धुम्का, आरुचौरलगायतका धेरै बस्तीमा खानेपानीको अभाव छ पानी ओसार्नका दुई जनासम्म दिनभरि खटिनुपर्छ खानेपानीको अभावका कारण यहाँका बासिन्दाले बसाइँसराइ गर्न थालेका जानकारी दिंदै वडाध्यक्ष बस्नेतले भने, पानीको अभाव भएका बस्तीमा खानेपानी उपलब्ध गराउनका लागि सक्दो प्रयास गरेको छु ।

२०७४ चैत ६ गते प्रकाशित ।

वि.सं.२०७४ चैत ६ मंगलवार ०८:१६ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...