back
NMB ad

राष्ट्रियसभा अध्यक्षलाई गृह जिल्लामा भब्य स्वागत

Kumari bank ad

पर्वत । संघीय संसदको उपल्लो सदन राष्ट्रियसभा अध्यक्ष पदमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला पर्वत पुगेका गणेश तिमिल्सीनालाई जन्मगाउँदेखि सदरमुकाम कुस्माबजारसम्म भब्य स्वागत गरिएको छ ।

जिल्लाको राजनीतिक इतिहासमा पहिलो पटक सबैभन्दा माथिल्लो राजकीय पदमा पुगेको भन्दै जिल्लाबासीले खुसीयाली साथ अध्यक्ष तिमिल्सीनालाई भब्य रुपमा स्वागत गरेका हुन् ।

उनलाई जन्मगाउँ मोदी गाउँपालिका वडा नं ७ राम्जादेउरालीमा बाजागाजासहित स्वागत गरिएको थियो भने कुस्मास्थित जिल्ला समन्वय समितिको कार्यालयमा सम्मानसमेत गरिएको थियो ।

मोदीगाउँपालिका वडा नं ७ वडा कार्यालय र स्थानीय नागरिक समाजको आयोजनामा बाजागाजा र दिपावलीसहित जन्मस्थानमा स्वागत र सम्मान गरिएको छ । राम्जादेउरालीका तत्कालिन गाविस अध्यक्षसमेत रहेका तिमिल्सिना राष्ट्रियसभाको अध्यक्ष बन्नु गाउँसबासीका लागि सबैभन्दा ठूलो उपलब्धी र खुसीको क्षण भएकाले स्वागत भएको हो ।

अध्यक्षले जन्मगाउँ सँगै मोदी गाउँपालिकाले कार्यालय र जिल्ला समन्वय समिति पर्वतले पनि कार्यालयमा भब्य स्वागत तथा सम्मान गरेका छन् । उनी तत्कालिन जिल्ला विकास समितिमा २०५४ देखि २०५९ सम्म तिमिल्सीना सभापति थिए ।

सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले आफू विकास निर्माण गर्ने जिम्बेवारीमा नपुगेपनि पर्वत जिल्ला सधै प्राथमिकतामा रहने बताए । ‘म अहिले विकास निर्माण गर्नेभन्दा कानुन निर्माण गर्ने निकायमा छु’ उनले भने, ‘मैले जिल्लाको विकास निर्माणलाई कसरी सहयोग पुर्‍याउन सक्छु सधै प्रयत्नशील रहनेछु ।’

२०७४ चैत ६ गते प्रकाशित

वि.सं.२०७४ चैत ६ मंगलवार २१:१६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...