back
NMB ad

आफ्नो लागि आफैँ सेनेटरी प्याड बनाउँदै छात्रा

Kumari bank ad

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–१ स्थित नुनसरी आधारभूत विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा नुमा लिम्बूले नौ महिनायता विद्यालयमा आफैँले बनाएको सेनेटरी प्याड प्रयोग गर्दै आएकी छिन्।

लिम्बू मात्र होइन विद्यालयमा अध्ययरनत अधिकांश छात्रा महिनावारी हुने समयमा विद्यालयमै बनाइएको सेनेटरी प्याड पूर्ण सरसफाइका साथ प्रयोग गर्दै आएका छन् ।
कक्षा ७ मा अध्ययनरत अञ्जली निरौला भन्छिन्, “फलाटिनको कपडा प्रयोग गरेर बनाइएको सेनेटरी प्याड पुनः प्रयोग गर्न मिल्ने र नरमसमेत हुने भएकाले प्रयोग गर्ने गरेका छौँ ।” एक मिटर कपडाबाट चार वटा सेनेटरी प्याड बनाउन सकिने र तत्काल आवश्यक पर्दा विद्यालयमा रु २५ तिरेर छात्रालाई प्रयोग गर्न दिइन्छ ।”

सो रकमबाट छात्राले प्याड बनाउन आवश्यक पर्ने सामग्री किन्ने गरेका छन् । कपडालाई साइजअनुसार काटी सियो–धागोले सिलाएर खिपसमेत प्रयोग गरिन्छ । फलाटिनको कपडाभित्र एउटा नरम कपडा पनि प्रयोग गरिन्छ । प्याड २१ इन्च लम्बाइ र १४ इन्च चौडा हुन्छ । छात्राले आफैँ बनाएको सेनेटरी प्याड विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षिकाले पनि प्रयोग गर्दै आएका छन् । कक्षा ६ देखि ८ सम्मका छात्रा खुलेर विद्यालयमै सेनेटरी प्याड मात्र बनाउँदैनन्, महिनावारीको विषयमा पनि खुलेरै छलफल गर्ने भएका छन् ।

प्लान नेपाल र सामुदायिक समाज उत्थान केन्द्र सिएसडिसी ले विद्यालयमा संयुक्त रुपमा महिनावारी स्वच्छता व्यवस्थापन कार्यक्रम सञ्चालन गरेपछि छात्रा आफँै सेनेटरी प्याड बनाउन र महिनावारीका विषयमा खुलेरै कुरा गर्न सक्ने भएका हुन् । विद्यालयमा १४ छात्राको महिनावारी स्वच्छता तथा व्यवस्थापन किशोरी समूह बनाइएको छ । सोही समूहमा छात्रा भेला भएर सेनेटरी प्याड बनाउनाका साथै महिनावारीका विषयमा छलफल गर्दै आएका हुन् । समूहले महिनावारीका विषयमा सचेतनामूलक सडक नाटकसमेत छिमेकका चार वटा विद्यालयमा देखाइसकेका छन् ।

प्लान नेपाल र सिएसडिसीले शुरुमा केही छात्रालाई सेनेटरी प्याड बनाउन सिकायो । त्यसपछि सिकेका छात्राले एकदिने तालीम सञ्चालन गरेपछि सबै छात्रा सजिलै सिनेटरी प्याड बनाउने भएका हुन् । उनीहरुले पुनः प्रयोग गर्न सकिने प्याड बनाउन अभिभावकलाई समेत सिकाएको छात्रा सभ्या लिम्बूले बताईन् ।

“महिनावारी भएको बेला विद्यालय आउन मनै लाग्दैन थियो, साथीहरूले जिस्काउँछन् कि भन्ने डर लाग्दथ्यो,” कक्षा ८ मा अध्ययनरत अमिशा लिम्बूले भनिन्, “तर, यसबारे तालीम पाएपछि कुनै डर लाग्दैन । पढ्दापढ्दै महिनावारी भयो अथवा कुनै अप्ठ्यारो भयो भने स्कूलमै छुटृै कोठा भएकाले सबै छात्रालाई सहज भएको छ ।”

विद्यालयमै छात्रा आफँैले सेनेटरी प्याड बनाउन थालेपछि महिनावारी भएको बेला विद्यालय नआउने छात्राको संख्या शत्प्रतिशत घटेको प्रधानाध्यापक ठमेश मोक्तानले बताए । यसअघि महिनावारीको बहानमा धेरै छात्रा विद्यालय नआउने गरेकामा अहिले त्यस्तो अवस्था नरहेको चर्चा गर्दै प्रअ मोक्तानले भने, “विद्यालयमै आराम कक्ष र सेनेटरी प्याडको व्यवस्थाले गर्दा उनीहरु सहज रुपमा विद्यालय आउन थालेका छन् ।

रासस

२०७४ चैत ७ गते प्रकाशित

वि.सं.२०७४ चैत ७ बुधवार १५:१७ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...