back
NMB ad

खेलको विकासलाई उच्च प्राथमिकतामा राख्ने : मन्त्री वि.क

Kumari bank ad

पोखरा । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंशाला निर्माण गरिने बताएका छन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिद्वारा नवनियुक्त मन्त्री विश्वकर्माको सम्मानमा आज पोखरा रंगशालामा आयोजित कार्यक्रममा उनले सरकारले खेलको विकासलाई उच्च प्राथमिकतामा राख्ने बताए ।

आसन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका साथै १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागलाई सम्पन्न गर्नका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुका साथै आगामी बजेटमा खेललाई प्राथमिकतामा राख्नुपर्ने मन्त्री विश्वकर्माले बताए ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले सरकारभन्दा पनि निजी क्षेत्रबाट खेल क्षेत्रका पूर्वाधारमा लगानी भइरहेको धारणा राख्दै यस क्षेत्रको विकासमा राज्यको लगानीले प्राथमिकता पाउनुपर्नेमा जोड दिए ।

प्रदेशसभा सदस्य दीपक कोइरालाले खेलाडीलाई खेलेर जीविकोपार्जन गर्ने अवस्था नआउँदासम्म यस क्षेत्रको अपेक्षित विकास हुननसक्ने बताए ।
कार्यक्रममा जिल्ला बास्केट बल संघ कास्कीका अध्यक्ष ध्वजकुमार गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराललगायतले मन्त्री विश्वकर्माको कार्यकालमा उत्साहजनक रुपमा खेल क्षेत्रको विकास हुने विश्वास व्यक्त गरे।

२०७४ चैत ७ गते प्रकाशित

वि.सं.२०७४ चैत ७ बुधवार १८:२० मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...