back
NMB ad

साताको शेयर बजार, एक अर्ब ७२ करोडको कारोबार

Kumari bank ad

काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ७२ करोड पाँच लाख २८ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कूल १७३ कम्पनीको ४६ लाख दुई हजार ६३० कित्ता शेयर कारोबार भएको थियो । कारोबार रकम गत साताको भन्दा ३२.९९ प्रतिशत बढी हो । गत साता १७४ कम्पनीको ३३ लाख ३९ हजार १६० कित्ता शेयर रु एक अर्ब २९ करोड ३६ लाख ९८ हजारमा कारोबार भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५८.५२ अंकले घटेर अन्तिम दिन एक हजार २२०।४४ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १२.०६ अंकले घटेर २६०.४१ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ सो कम्पनीको रु १६ करोड ५८ लाख २० हजार बराबरको शेयर कारोबार भएको थियो । यस्तै कारोबार भएको सेयर संख्याका आधारमा नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

यस साता राधी हाइड्रो पावरको ४१ लाख कित्ता साधारण शेयर, मुक्तिनाथ विकास बैंकको ४३ लाख १९ हजार ६०५ कित्ता बोनस, रिडी हाइड्रो पावर कम्पनीको दुई लाख ८४ हजार ५९८ कित्ता बोनस, बोमी माइक्रोफाइनान्सको एक लाख २९ हजार ६०० कित्ता बोनस र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको २६ लाख ४३ हजार ५३८ कित्ता हकप्रद शेयर स्टककमा सूचीकृत भएका छन् ।

यस्तै आरम्भ माइक्रोफाइनान्सको ६ लाख कित्ता साधारण शेयर, जनता बैंकको एक करोड ७० हजार ९१९ कित्ता बोनस, नेपाल फाइनान्सको दुई लाख ४४ हजार २१९ कित्ता बोनस, गरिमा विकास बैंकको ३३ लाख ६ हजार ३६५ कित्ता बोनस, आरएसडिसी लघुवित्त वित्तीय संस्थाको एक लाख ४९ हजार ५०० कित्ता कोनस र प्रिमियर इस्सुरेन्स कम्पनीको ६ लाख ५९ हजार ५६५ कित्ता थप निष्कासनसमेत स्टकमा सूचीकृत भएका छन् ।

२०७४ चैत १० गते प्रकाशित

वि.सं.२०७४ चैत १० शनिवार १६:४४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...