back
NMB ad

यसरी बनाउदैछन् चेपाङ युवाले ‘मिनी जहाज, ओईरिया देश विदेशवाट सहयोग

Kumari bank ad

चितवन । प्यारामोटरको उडान परीक्षण सफल गरेर मिनी एयर क्राफ्ट सानो हवाइजहाज बनाउन थालेका चितवन पिप्लेका सरोज चेपाङलाई आर्थिक सहयोग गर्ने बढदै गएका छन् ।

पछिल्लो पटक चितवन युवा समूह दोहा कतारले संकलन गरेर पठाएको रु ८१ हजार शनिबार चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति नेपालमार्फत उनलाई उपलब्ध गराइएको छ । उनको जहाज बनाउने सपना साकार पार्न यसरी रकम सहयोग गरिएको समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले बताए ।

यसअघि राप्ती नगरपालिका–२ घर भएका २० वर्षीय चेपाङको मिनी एयर क्राफ्ट बनाउने सपना साकार पार्न भन्दै राप्ती नगरपालिकाले रु ८० हजार रकम दिने निर्णय गरेको नगरपालिकाकी प्रमुख प्रभा बरालले बताइन् । उनकै पहलमा सरोज चेपाङ प्रतिभा संरक्षण समितिसमेत बनाइएको छ ।

यसअघि फोब्स कलेजले पनि उनको योजना सफल बनाउन भन्दै रु १० हजार सहयोग गरेको थियो । सोही क्षेत्रका स्थानीयवासीसमेत रहेका प्रदेश नं ३ का भूमिसुधार तथा कृषिमन्त्री दावा दोर्जे लामाले प्रदेशको मन्त्रिपरिषद् बैठकमा उनको विषय उठाउने प्रतिबद्धता जनाउँदै भन्नुभयो, “उनका लागि प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार छ ।” सरोजले फागुन ४ गते करिब ४० मिनेट आकाशमा प्यारामोटर उडाएर सफल परीक्षण गरेका थिए । करीव रु १० लाख भए सानो हवाइजहाज उडाएर देखाउने सरोजले बताए ।

कार्यक्रममा सरोज चेपाङ प्रतिभा संरक्षण समितिका अध्यक्ष श्यामसुन्दर उप्रेतीले आफूहरु उनका लागि माध्यम मात्रै बनेको भन्दै आएको सबै पैसा उनको जहाज बनाउने काममा नै खर्च गरिने बताए । यस्ता चेपाङको प्रतिभालाई अगाडि बढाउन सबैको सहयोग आवश्यक भएको चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका महासचिव रामबाबु थापाको भनाइ छ ।

२०७४ चैत ११ गते प्रकाशित

वि.सं.२०७४ चैत ११ आइतवार ०८:३९ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...