back
NMB ad

कारोबार मूल्य १३९ रुपैयाँ देखि ३९८ रुपैयाँ तोक्दै राधी विद्युतको सेयर कारोबार खुल्ला

Kumari bank ad

काठमाडौं । गत साता नेप्सेमा ४१ लाख कित्ता शेयर सूचीकृत गराएको राधी विद्युत कम्पनी को सोमबारदेखि नेप्सेमा सेयर कारोबार खुलेको छ । कम्पनीको सेयर कारोबार आरएडिएचआई कोडमा हुने नेप्सेले जनाएको छ । नेप्सेले कम्पनीको सुरु कारोबार मूल्य १३९ रुपैयाँ देखि ३९८ रुपैयाँ तोकेको छ ।

कम्पनीले गत पुस ३ देखि ६ गतेसम्म ७ लाख ६४ हजार ५५० कित्ता आइपिओ निष्कासन गरेको थियो । कम्पनीको आइपिओ ७१ हजार १०२ आवेदकले दश कित्ताका दरले प्राप्त गरेका थिए भने एक आवेदकलाई ११ कित्ता सेयर परेको थियो ।

कुल ७ लाख ६४ हजार ५५० कित्ता सेयरमध्ये कर्मचारीलाई १५ हजार २९१ कित्ता र सामुहिक लगानी कोषका लागि ३८ हजार २२८ कित्ता सेयर छुट्याइएको थियो । बाँकि रहेको ७ लाख ११ हजार ३१ कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिएको थियो । त्यस अघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ४ लाख १० हजार कित्ता आइपीओ बिक्री गरेको थियो ।

राधी विद्युत कम्पनी लिमिटेडको अधिकृत पूँजी एक अर्ब ५० करोड र जारी पूँजी ४१ करोड रुपैँया रहेको छ । साधारण सेयर निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी ४१ करोड रुपैयाँ पुगेको छ ।

२०७४ चैत १२ गते प्रकाशित

वि.सं.२०७४ चैत १२ सोमवार ११:३७ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...