back
NMB ad

प्रिमियम सहित शिवम् सिमेन्टकाे झण्डै ५३ लाख कित्ता आईपिओ आउदै, सेयर बेच्ने पहिलो उद्योग बन्दै

Kumari bank ad

काठमाडौ । शिवम् सिमेन्ट लिमिटेडले स्थानिय र सर्वसाधारणको लागि ५२ करोड ८० लाख रुपैँया बराबरको साधारण सेयर आईपिओ जारी गर्ने भएको छ । कम्पनीले जारी पूँजीको १२ प्रतिशत सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले स्थानियको लागि १० करोड ५६ लाख रुपैँया र सर्वसाधारणको लागि ४२ करोड १४ लाख रुपैँया बराबरको सेयर जारी गर्न लागेको हो । धितोपत्र बोर्डले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेपछि कमपनीले आईपीओ बेच्न लागेको हो ।

जारी पूँजी ४ अर्ब ४० करोड रुपैँया रहेकको कम्पनीको १२ प्रतिशतले हुने ५२ लाख ८० हजार कित्ता आईपिओ निष्काशनको लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले प्रिमियम सहित आइपिओ निष्काशन गर्न लागेको हो । तर कती प्रिमियम कायम गर्ने भने तय भएको छैन । कम्पनीको माघ २१ गते सम्पन्न विशेष साधारणसभाले सर्वसाधारणहरूलाई प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

चीनको होङसी सिमेन्ट ग्रुपसँग साझेदारी रहेको हेटौँडास्थित शिवम् सिमेन्ट आईपिओ निष्कासन गर्ने नेपालको पहिलो सिमेन्ट उद्योग हो । अर्घाखाँची सिमेन्ट लगायतका अन्य केही सिमेन्ट उद्योग पनि आईपीओ निष्कासनको तयारीमा रहेका छन् ।

२०७४ चैत १५ गते प्रकाशित ।

वि.सं.२०७४ चैत १५ बिहीवार ०८:५५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...