back
NMB ad

भूकम्प पिडितलाई खुशीको खबर : बनिसकेका घरको मापदण्ड नखोजी अनुदान उपलब्ध गराउन प्रमको निर्देशन

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जिम्मेवारीको कामलाई कुनै पनि बहानाको आड नलिइ तिव्र गतिमा अघि बढाउन निर्देशन दिनुभएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण परामर्श समितीको बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राधिकरणको कामको प्रगतिसँग आफु सन्तुष्ट नरहेको बताउनुभएको छ ।

“निर्माणको काम धिमा गतिमा भयो” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसलाई गति दिनुपर्छ ।” कतिपय पिडितले मापदण्ड नपु¥याइ घर निर्माण गरेको भनेर सरकारले दिने अनुदान रोक्नु जायज नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । “भूकम्प गएको तीन बर्षपछि मापदण्डको फिता र डण्डी लिएर गएर हुदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “निर्माण गरिसकेका घरलाई अनुदान उपलब्ध गराउनु पर्दछ । ”
पहिला देखि बसोबास गरिआएका तर जग्गाधनी पूर्जा नभएका घरधनीलाई पनि अनुदान रकम उपलब्ध गराउनुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । “त्यस्ता स्वबासीहरु अनुचित ढंगले बसेका होइनन् भने धनीपूर्जा नभए पनि अनुदानको रकम उपलब्ध गराउनु पर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसमा ऐन कानुनले केही अफ्ठ्यारो पार्छ भन्ने सच्याएर अरुले पाए सरह सुबिधा दिने ब्यास्था गर्नुपर्दछ ।”

प्रधानमन्त्री ओलीले सिंहदरबार विश्व विद्यालयमा पढेर आएर अभ्यास गर्ने ठाउँ नभएको स्पष्ट पार्नु भएको छ । सिंहरदरबारको मुल भवनमा भइरहेको रेट्रो फिटिङमा असन्तुष्टी जनाउदै प्रधानमन्त्री ओलीले यो कुन उद्धेश्यले गरिएको हो यसमा आफ्नो चासो रहेको स्पष्ट पार्नु भएको छ । “रेट्रो फिटिङका नाममा त्यहाँ के भइरहेछ म आफैं हेर्न चाहन्छु । त्यहाँ नहुनु पर्ने काम भइरहेको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “ विश्व विद्यालय पढेर आएर सिंहदरबार अभ्यास गर्ने थलो होइन ।” आफू अघिल्लो पटक प्रधानमन्त्री हुँदा सुरु गरेको म बनाउछु मेरो धरहरा कार्यक्रम अलपत्र परेको भन्दै त्यसलाई निरन्तरता दिइने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

परिषदमा १४ जना सांसद मनोनित

प्रधानमन्त्री ओलीले भूकम्प अति प्रभावित क्षेत्रका १४ जना संसादलाई परिषदमा मनोनित गर्नु भएको छ । जसमा यज्ञराज सुनुवार, पार्वत गुरुङ, श्याम कुमार श्रेष्ठ, अग्नी सापकोटा, गंगाबहादुर तामाङ, हरिबोल गजुरेल, प्रेम सुवाल, गगन कुमार थापा, मोहन आचार्य, भुमि त्रिपाठी, हितबहादुर तामाङ, पम्फा भूसाल, बिरोध खतिवडा र हरिराज अधिकारी रहनु भएको छ ।

२०७४ चैत १८ गते प्रकाशित

वि.सं.२०७४ चैत १८ आइतवार २०:४३ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...