back
NMB ad

काठमाडौँको जनसंख्या बृद्धिसँगै अव्यवस्थित शहरीकरणले निम्त्याएको भयानक स्थिति र चुनौतीहरु

Kumari bank ad

अनुप पौडेल 

काठमाण्डौ उपत्यकाको जनसंख्यामा बृद्धि सँगै भएको अव्यवस्थित शहरीकरणले भयानक वायुप्रदुषणको स्थिती निम्त्याएको छ । एशियाको तीब्र शहरीकरण भइरहको शहरहरुको सूचिमा काठमाण्डौं अग्रस्थानमा आउँछ । विश्व वैंकले हाल सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा औसत ५ प्रतिशतले शहरिकरणमा वृद्धि भएको देखाँउछ । हालैका दिनहरुमा भएको अध्ययनमा काठमाण्डौं दक्षिण एसियाका शहरहरु मध्ये सबैभन्दा बढी प्रदुषित शहरहरुको सूचीमा नयाँ दिल्ली सँगै उभिएको छ । विश्व स्वास्थ संगठनले तोकेको पि.एम १० नाक बाट छिर्ने धुलो मापदण्ड भन्दा २० गुणा बढी मात्रामा काठमाण्डौंको हावामा पाइने गरेको तथ्याङ्क पनि सार्वजनिक भइसकेको छ । पर्यटकीय गन्तव्य भनेर चिनिने काठमाण्डौं शहर आज संसारकै प्रदुषित शहरहरुको सुचिमा पर्नु राम्रो सङ्केत होइन । कचौरा आकारको राजधानीमा धुवाँ र धुलोको मात्रा अहिले पि.एम १० ३५० माइक्रोग्राम /घनमिटर छ । विश्व स्वास्थ्य संगठनले यसको मात्रा 20 μg/m3 annual mean र 50 μg/m3 24hour mean भन्दा माथी जान नहुने भनी स्वच्छ वायुको मापदण्ड निर्धारण गरेको छ । मनसुनी वर्षाले प्रदुषणका कणलाई बगाएर लैजाने हुँदा वर्षायाममा कम र सुख्खा याममा प्रदुषण बढी हुन्छ । जाडो याममा तापक्रम प्रति लोमताको कारणले वायुप्रदुषण बढी हुन्छ । राती र विहान चिसो हावा जमिनको सतह नजिकै तातो हावाको सतहले थुनिन्छ । यसले गर्दा वायुप्रदुषणहरुले चलखेल गर्न पाउदैनन् । कचौरा आकारको भएकाले उपत्यकामा प्रदुषित वायु कैद भएर प्रदुषण भित्रै थुप्रिन्छन ।

प्रदुष कारकतत्व
स्वच्छ वायुलाई प्रदुषित पार्नमा धुलोको मसिना कण लगायत SO2, NO2,CO, Ozone, सिसा र बेन्जिन जस्ता रसायनहरु नै प्रमुख हुन । यसमा पनि काठमाण्डौंमा प्रदुषणको मुख्य भूमिका धुलोको कण लेखेल्ने गर्छ । यिनै कणहरु मध्ये हाम्रो शरीर भित्र सजिलै प्रवेश गर्न सक्ने दश माइक्रोन भन्दा साना कण पि.एम १० स्वासप्रस्वासको नलीभित्र पस्न सक्छ भने पिएम २.५ फोक्सो सम्म पुग्न सक्छन । काठमाण्डौंको वायुप्रदुषणमा उल्लेखनिय योगदान पुर्याउने एक तत्व यातायातको साधन हो । दैनिक काठमाण्डौंमा पाँच लाख भन्दा बढी सावरी साधन गुड्छन । वाग्मती अञ्चलमा मात्र कुल ६,८८,०२८ सवारी साधन दर्ता भएका छन् त्यसैले हरेक वर्ष उच्च मात्रामा पेटोल र डिजेल खपत हुन्छ र यो वढ्ने क्रममा छ । काठमाण्डौं वरिपरी संचालनमा रहेका १२० इट्टाभट्टीहरु वायुप्रदुषणको अर्को मुख्य कारण हुन् । पि.एम १० को मात्राको ३८ प्रतिशत सवारी साधनले, १८ प्रतिशत कृषिवाट उत्पन्न बस्तुलाई जलाउने क्रममा, ११ प्रतिशत इट्टाभट्टाले, ३ प्रतिशत घरहरुले, १ प्रतिशत डढेलोबाट, ३ प्रतिशत उद्योगबाट र बाँकी १ प्रतिशत अन्य कारणहरुले ओगट्ने गरेको तथ्यांक उपलब्ध छ ।

अनुप पौडेल

चुनौतीहरु

१. वायु प्रदुषणलाई नियन्त्रण गर्ने यातायात नीति नहुनु ।
२. सडक विस्तार योजनाबद्ध नहुनु र साना सवारी साधनको ज्यादा प्रयोग हुनु ।
३. हिड्ने र साईकल संस्कृतिको विकास नहुनु ।
४. स्वास्थमा विकराल समस्या देखा पर्दा पनि सचेत नहुनु ।
५. तापक्रम वृद्धि तथा अल्मिय वर्षा हुनु सक्ने
६. वायु प्रदुषण निवारणमा सरकार उदासिन हुनु

सवारीसाधन
काठमाण्डौंको बढ्दो जनसंख्याले निम्त्याएको सवारि साधनको उल्लेखनिय वृदिलाइ सहज व्यवस्थापन गर्न नसक्दा वायुप्रदुषण चुलिएको छ । गत १० बर्षमा सवारि साधनको सङ्ख्यामा ३ गुणाले बृद्दी भएको तथ्याङ्कहरुले देखाँउछन् । ति सवारी साधनमा पनि सबैभन्दा बढी हिस्सा मोटरसाईकल, कार ,जीप अनि भ्यानले ओगट्छन् र थोरै मात्र सार्वजानिक यातायातले ओगट्छन्।सवारि साधनको सङ्ख्यामा बृद्दि भएता पनि सुबिधाको गुणस्तरमा भने बृद्दि हुन नसक्नुले यातायात निती प्रभावकारी छैन भन्ने कुरा प्रष्ट हुन्छ । सवारि साधनको बृद्दीले उपत्यकाले वर्षेनि ९०००३ किलो लिटर पेट्रोल अनि १०६,६८४ किलो लिटर डिजेल खपत गर्छ, जुन कुल राष्ट्रिय पेट्रोल खपतको ४५.५ प्रतिशत अनि डिजिल खपतको १५.५ प्रतिशत हो । ति सवारी साधनले निश्चित मापदण्ड पुरा नगरि पेट्रोलियम पदार्थ खपत गर्दा निस्कने धुवाँले काठमाण्ठौँको हावालाई सास फेर्न अयोग्य वनाएको छ । सवारि साधनहरुमा उल्लेखनिय रुपमा प्रयोगमा आउने मोटरसाईकल ‘Vehicle Emission Testing (VET)” अन्तर्गत जाँचमा पर्दैनन्, नियन्त्रण बाहिर धुवाँ उडाउँदै गुड्छन् । निश्चित वातावरणिय मापदण्ड पुरा गरेको भनेर दिइने ुन्चभभल क्तष्अपभचु प्रभावकारी नहुँदा थप समस्या सृजित भएका छन् । ‘Green Sticker’ को म्याद सकिदा पनि गाडिहरु निर्वाद रुपमा सडकामा गुडिरहेका भेटिन्छन् । ‘Green Sticker’ को म्याद नसकिएको भए पनि गाडिको चर्को धुँवा उडाउँदै गुडिरहेका हुन्छन् । वर्षेनि सवारीको अनुमतिपत्र नविकरण हुँदा सवारी साधनको मर्मत संभार भएको नभएको कुरा जाँच गरिने व्यवस्था छैन र मापदण्डलाई परिवर्तन पनि गरिएको छैन । नेपाल भन्दा पछि सवारी प्रदुषण मापदण्ड अपनाएको भारत यूरो ४ मा गइसक्दा पनि नेपाल यूरो ३ मै रहनुले पनि सरकारी उदाशिनताको पराकाष्ठा देखाँउछ । गाडिहरुमा ‘Fuel Filter’ र ‘Air Filter’ को निश्चित मापदण्ड तोकेर अनिवार्य जडान हुनुपर्ने प्रावधान नभएकाले पनि प्रदुषण बढेको छ । डिजेल इन्धनको खपत हुँदा धुँवाबाट निस्कने कण मध्ये ९० प्रतिशत एक माइक्रोन भन्दा साना नापका हुन्छन । ब्राजील, ताइवान र इजिप्टजस्ता देशहरुले डिजेल कारलाइ प्रतिबन्ध गरेका छन् । नेपालमा सर्वाधिक प्रयोग हुने डिजेलमा १००० पि.पि.एम.सल्फर हुन्छ भने यूरोपमा प्रयोग हुने डिजेलमा १५ पि.पि.एम.सल्फर पाइन्छ ।

सडकका संरचना
काठमाडौमा केहि बर्ष अघि सुरु भएको सडक बिस्तारले विकासमा प्रति हामि जति आशाबादी छौं त्यति नै निराशा वायुप्रदुषण बढ्नाले छाएको छ । सडक विस्तार गर्दा वातावरणमा हुने प्रदुषण माध्याम नपुर्याई बिस्तार कार्य सुरु गर्नाले आज काठमाडौको वायु संसारकै दुषित मध्ये हुन पुगेको छ । सडक भत्काउँदा एक साथ कालो पत्रे गर्ने कार्य पनि गर्नुपर्छ । नत्र धुलो उड्छ र वायू प्रदुषित हुन्छ भन्ने सामान्य चेतना पनि हाम्रा योजनाकारहरुले प्रर्दशन गर्न नसक्नुले आज काठमाडौको वायुले विश्वभरि विख्याती कमाएको छ ।सडकहरुको राम्रो मर्मत संभार र अति महत्वपूर्ण सुचि बनाएर तत्काल कालोपत्रे गर्ने कार्यलाई तिब्रता दिनुपर्ने देखिन्छ । सडकमा अहिले भइरहेको घन्टाको जामले वायुप्रदुषण वृद्दि भइरहेको छ । सडकमा गाडिहरु कम अबरोधका साथ गुड्न र जाममा परि इन्धन धेरै बाल्नु नपरेमा पनि वायुप्रदुषण घटाउन सकिन्छ । सडक संरचनाको वृद्धि विकास गर्दा सरकारी नीति खालि निजी सवारी साधनलाई मात्र ध्यान दिने खाले छ । सडक वृद्धि मात्र हुनु र उपयोगीमुखि नहुनुले थप निजी सवारि साधन बढाउन मात्र भूमिका खेल्छ भन्ने बिज्ञहरुको बुझाइ छ । हाम्रा बाटाहरु सार्वजानिक यातायातका सवारि साधन लक्षित हुनुपर्छ, समर्पित लेनहरुको विकास गरिनुपर्छ र निजी यातायातको प्रयोग गर्न निरुत्साहित पार्ने नितीको विकास हुनुपर्छ । ‘Bus Rapid Transit (BRT)’ को अवधारणामा प्रवेश गर्नुपर्छ र ठूला सवारि साधन प्रयोगमा ल्याउनुपर्छ ।

हिड्ने र साइकल संस्कृतिको अभावः
हिड्नु र साइकल चलाउनु स्वास्थको लागि लाभदायक मात्र छैन्, संसारभर अति लोकप्रिय आवत जावतको माध्यम भएको छ ।विकसित देशहरुमा बहुसंख्यक मानिसहरु हिड्ने गर्छन । चाइनामा साइकल चड्ने र हिडनेको सङख्या ६५ प्रतिशत छ । हाम्रो सडकहरु साइकल मैत्रिहरु त छदै छैनन्, आउँदा दिनमा पनि सो हुने सम्भावना अझै न्युन छ । काठमाण्डौंको सडक संरचनाहरुमा साना गल्लीहरु र सांघुरा बाटो छन् । काठमाडौंको सडक योजनाहरु परम्परागत रुपमा हिड्नलाई नै वनाइको आभास हुन्छ । भौतिक पुर्वाधार तथा यतायात मन्त्रालयले जाइकासँग गरेको हालैको अध्यन प्रतिवेदनमा काठमाडौंमा मानिसहरुले तय गर्ने यात्राको ४०.७ प्रतिशत हिस्सा हिडाइले ओगट्छ भने बितेको २ दशकमा हिड्नेहरुको सङ्ख्यामा २३ प्रतिशतले कमि आएको हो । विकशित देशहरुका सडकहरु साइकल मैत्रि निर्माण भइरहदा नेपालमा भने परिक्षण आयोजनामै सिमित भएको छ । साइकलका लागि बनाइएका लेनहरु अहिलेको लागि सकरात्मक प्रयासका रुपमा देखिए पनि उपत्यकाका सडक भरी नै यसको सन्जाल बन्नु पर्ने देखिन्छ । उपत्यकामा दैनिक हजारौ मानिसहरु हिडडुल गरिरहँदा पनि काठमाडौं हिडडुल गर्नका लागि अति नै अयोग्य सहरका रुपमा परिचित छ । हिड्नका लागि सडक छेउ व्यवस्थित र अन्तराष्ट्रिय स्थरको बनाउनु पर्दछ । शहरका प्रमुख केन्द्रहरुलाई सवारी साधन मुक्त क्षेत्र घोषणा गरेर तुरुन्तै साईकल र हिडने प्रवृतिलाई प्रोत्साहित गर्नुपर्छ ।

स्वास्थमा समस्याः
मान्छेले एक दिनमा करिब २२,००० पटक स्वास लिदा लगभग २० किलो हावा लिने गर्दछ । हामीले खाने खाना र पानी भन्दा हावाको यो मात्रा धेरै नै गुणा बढी हो । स्वासप्रस्वासको रोगहरुमध्ये २० देखि ३० प्रतिशत प्रतिशत सम्म प्रदुषित वायुकै कारणले गर्दा हुने गरेको तथ्याङक उपलब्ध छ । काठमाडौंको अस्पतालहरुमा दिन प्रतिदिन श्वासप्रश्वासको रोगिहरुको सङख्यामा उल्लेखनिय वृद्धि हुँदै आएको छ । धेरै जसो प्रदुषक तत्वहरु हामीले श्वास लिदा शरिर भित्र जाने भएकाले वायुप्रदुषणको मुख्य प्रभाव हाम्रो श्वासप्रश्वास प्रणालीमा पर्दछ । प्रदुषक तत्वहरुले हाम्रो प्राकृतिक प्रतिरोध क्षमतालाई कमजोर बनाउँछ, जसले गर्दा फोक्सोको क्यान्सर, दम, लगायतका स्वास प्रस्वासका रोगहरुले सताउछ । वातावरण मन्त्रालयको एउटा तथ्याङक अनुसार नेपालमा वर्षेनि १६ सय भन्दा वढीको वायु प्रदुषणकै कारणले मृत्यु हुने गरेको छ । स्वच्छ उर्जा नेपालले सन् २००२ मा गरेको एउटा अध्ययन अनुसार काठमाडौंका करिब १५ लाख मानिसहरुले स्वास प्रस्वास सम्बन्धि कुनै न कुनै रोगबाट ग्रस्त छन् । अहिले अस्पतालमा दर्ता हुने बिरामीहरु मध्ये १६ प्रतिशत वायु प्रदुषणकै कारणले रोगिभएका भेटिन्छन् । वायु प्रदुषणले निम्ताएको वार्षिक स्वास्थ्य खर्चमा वृद्धि भइ अहिले ग्क्४ २१ मिलियन पुगेकोछ जुन देशको कुल गृहस्त उत्पादनको ०.२९ प्रतिशत हो । पि.एम.१० को मात्रा अन्तराष्ट्रिय मापदण्डमा झार्दा करिब १,३५,४७५ बच्चाहरुमा ब्रोनकाइटिस्, ५ लाख दमको रोगी लगायत हजारौ अस्पताल आउने बिरामिहरुको संख्यामा कमि ल्याउन सकिन्छ । विश्व स्वास्थ संघठनको प्रतिवेदन अनुसार वार्षिक बिश्वभरी ७ करोड मानिसहरुको प्रदुशित हावाका कारण मृत्यु हुने गरेको छ ।

वायु प्रदुषण निम्ताउने वातावरणिय समस्याः
बढदो प्रदुषणका कारण नेपालको औसत तापक्रम पनि०.०६ डिग्रीसेन्टिग्रेट प्रति वर्ष वृद्धि भइराखेको छ ।यसरि हुने तापक्रम वृद्धिले हिमालयको हिउँ तिव्र गतिमा पग्लन्छ । जसले त्यस क्षेत्रको जैविक विविधता र संस्कृतिमा समेत खतरा देखिएको छ । हालै संयुक्त राष्ट्रसंघले जारी  गरेको प्रतिवेदनमा विश्वव्यापि 1o C तापक्रम वृद्दिले पानिको आपुर्तिमा ७ प्रतिशत ले कमि ल्याउने देखाँउछ । यसको खतरा हाम्रो उच्च शिखर सगरमाथामा पनि देखिएको छ । काठमाडौंमा वायुप्रदुषणका कारण घामबाट प्राप्त हुने तापसमेत कमजोर हुन्छ र बाक्लो हुस्सु लाग्ने गरेको छ । हालका दिनमा वर्षायाममा acid rain पनि हुने स्थिती आउन सक्छ । जसले वनस्पती र जीवजन्तुमा नकारात्माक असर पैदा हुनुका साथै पुरातात्विक संरचनाहरुलाई समेत हानी पुर्याउछ । वायुप्रदुषणले अवलोकन क्षमतामा ह्रास पनि ल्याउने गरेको छ ।

वायु प्रदुषणमा निवारण
वायुप्रदुषणलाई सरोकारवालाहरुले हलुका रुपमा ग्रहण गर्दा थुप्रै समस्याहरु देखिएका छन् । सरकारी नीतिमा वायुप्रदुषणको समस्यालाई न्युन महत्व दिनुले समस्याहरु थप जटिल बनेका छन् । वातावरण मन्त्रालयसँग स्पष्ट कार्य सुचि नहुँदा वायुप्रदुषण प्रति सरकारी अर्कमण्यता बढेर गएको छ । ६ वटा विभिन्न स्थानमा भएका ‘AIR QUALITY MONITORING STATION’ मा अहिले ३ वटा स्थानका मात्र संचालनमा छन् । अहिले यि स्टेटनहरुलाई समय र प्रविधिअनुरुप स्तरोन्नती नगर्दा संचालनमा भएता पनि प्रभावकारी छैनन् । वातावरण मन्त्रालयले तत्काल सरोकारवालाहरुसँगको सहमतिमा एउटा ‘CLEANER ACTION PLAN’ को तर्जुमा गर्नु पर्ने हुन्छ । ईन्धनमा उपभोक्ताले तिर्ने ‘प्रदुषणकर’ लाई प्रदुषण नियन्त्रणमा खर्च गरे पनि बजेटको लागि अन्यत्र गुहार्न नपर्ने स्थिती रहेको विज्ञहरुको बुझाइछ । काठमाडौँमा अधिकांश मानिसहरुले प्रयोग गर्दै आएको माक्स पनि प्रदुषणबाट जोगाउन त्यति प्रभावकारी छैन । सरकारले सर्वसाधारणको स्वास्थ्य स्थितिलाई ध्यानमा राख्दै उच्च गुणस्तरका मास्कहरुमा तत्काल अनुदान घोषणा गर्नु उपयुक्त देखिन्छ ।

निचोड
हालै येल विश्वविद्यालयको ‘Yale 2014 Environment Performance Index’ मा नेपाल १७८ देशहरु मध्ये १७७ स्थानमा परेको छ ।यसले हाम्रो राष्टको प्रतिष्ठामा ठूलो घात पुर्याएको छ । वायुप्रदुषणले विहान, सुकिलो लुगा लगाएर राष्ट्र विकासमा योगदान पुर्याउन होमिएको मानिस कालो कमिज लिएर टाउको भारि बनाउदै, अरु थुप्रै स्वास्थ्य समस्या बोकेर घर फर्कन्छ । बाँच्नको लागि अति आवश्यक प्राण वायु (Oxygen) को स्रोत नै खुला वायुमण्डल हो । आज काठमाडौं विकासको कुरा गर्छ तर यहाँका मानिसहरुलाई स्वास प्रस्वासको लागि स्वच्छ वायुको अभाव छ । वायुप्रदुषणको असरका बारेमा उल्लेखनिय रुपमा जनचेतना वृद्धि गर्नु पर्ने र यो मुद्धालाई स्थापित गर्नु पर्ने थप चुनौती हामी संग छ ।

(लेखक फाइनान्सियल डेभलपमेन्ट एण्ड इकोनोमिक ग्रोथ इन नेपाल बिषयमा पिएचडी स्कलर हुन्)  

२०७४ चैत २० गते प्रकाशित 

वि.सं.२०७४ चैत १९ सोमवार २२:५७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...