Logo

मेगा बैंकसँग मर्ज हुने तयारी गर्दै टुरिजम बैंक, शेयरधनीलाई दिने भयो १५ प्रतिशत बोनस

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकले १५ प्रतिशत बोनस सेयर दिने भएको छ। टुरिजमले हाल कायम २ अर्ब १ करोड ६ लाख २० हजार रुपैयाँ चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । बोनस दिने निर्णय आगामी वार्षिक साधारण सभामा पेश हुनेछ । बोनसपछि यो बैंकको चुक्ता पुँजी २ अर्ब ३१ करोड २२ लाख १२ हजार रुपैयाँ पुग्नेछ ।

मेगा बैंकसँग गाभिन बैंकले साधारणसभाबाट पारित गरिसकेको छ। बैंकको ७ औं वार्षिक साधारणसभाले मेगा बैंकसँग गाभिन १००:९५ को अनुपातलार्इ पारित गरिसकेको छ। टुरिजमको १०० कित्ता सेयर हुनेले मर्जपछि ९५ कित्ता सेयर पाउनेछन् । मर्जर प्रक्रियामा रहेकाले यी दुवै बैंकको सेयर कारोबार पनि बन्द छ ।

२०७४ चैत २२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com