back
NMB ad

नेपाली नया बर्ष २०७५ को उपलक्ष्यमा कोलोराडोमा घरबार बिहिनलाई खाना वितरण

Kumari bank ad

नातिबाबु भट्ट,कोलोराडो अमेरीका । नेपाली नयाँ बर्ष २०७५ को उपलक्षमा कोलोराडोमा कृयासिल लङमन्ट हिमालयज् लायन्स क्लबको आयोजनामा आईतबार घरबारबिहीन स्थानीयलाई नेपाली खाना बितरण गरिएको छ ।

लङमन्ट नगर स्थित आवर सेन्टरमा आयोजित खाना बितरण कार्यक्रममा १ सय ५० जना जना भन्दा बढि घरबार बिहिन स्थानीयहरुले नेपाली खाना दाल,भात, तरकारी र खीर स्वाद लिई खुशी साथ खाएका थिए । उनीहरु ढोकाबाट भित्र पस्दा ओ स्मेल्स् गुड भन्दै पसेका थिए । खाना बितरण कार्यक्रमलाई सफलताका साथ सफल पार्न लायन्सका पदाधिकारी र समाज सेवीहरुको सकृय सहयोग र सहभागिता गरेको थियो । 

आईतबार ११.३० देखि सुरु भएको खाना बितरण कार्यक्रम दिउसो १.३० बजे सम्म संचालन भएको थियो । खाना लायन्सका पदाधिकारीहरुले घर घरमा तयार पारी ल्याएर बितरण गरिएका थिए ।

खाना बितरण स्थल आवर सेन्टरमा बिहान ९ बजे देखि नै आयोजक लङमन्ट हिमालयज लायन्स क्लबका पदाधिकारी, स्थानीय समाजसेवी लायन्सका ६ नर्थ ईष्टका डिष्ट्रिक गर्भनर डेबिड डे, पूर्व डिष्ट्रिक गर्भनर केननोर गिल, ग्वोवल मेम्बर चेयर पर्शन देवमेण्डल हल, ६ नर्थ ईष्टका द्धितिय उपाध्यक्ष मिसायल गिल, ६ नर्थ ईष्टका चेयर पर्शन जोशन श्रेष्ठ, आवर सेन्टरका सुपरभाईजर केण्डी, लङमन्ट हिमालयज् लायन्स क्लबका पदाधिकारी, समाजसेवी, पत्रकार लगायत बिभिन्न १८ जनाले सक्रिय रुपमा स्वयंसेबक भई काम गरेका क्लवका अध्यक्ष प्रमोद श्रेष्ठले बताएका छन् ।

झण्डै दुईबर्ष अगाडी नेपालीको सकृयतामा खोलिएको लायन्स क्लबले नेपाली र अंग्रेजी नया बर्षको उपलक्ष्यमा घरवार बिहिन स्थानीयहरुलाई खाना बितरण लगायत बिभिन्न सामाजिक कृयाकलाप गर्दै आएको छ ।

२०७४ चैत २६ गते प्रकाशित

वि.सं.२०७४ चैत २६ सोमवार ११:२९ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...