back
NMB ad

महालक्ष्मीले पनि दिदैछ नगद लाभांश, वैशाख २१ गते बोलायो साधारणसभा

Kumari bank ad

काठमाडौं । महालक्ष्मी विकास बैंकको वार्षिक साधारण सभा वैशाख २१ गते हुने भएको छ । महालक्ष्मीले गत वर्षको कमाईबाट ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । नगद लाभांशका लागि महालक्ष्मीले २३ करोड ७० लाख ४१ हजार ७७० रुपैयाँ खर्च गर्नेछ । अन्य बैंक तथा वित्तीय संस्था महालक्ष्मीमा गाभिने अवस्था आएमा त्यससम्बन्धी सम्पूर्ण काम गर्ने अधिकार सञ्चालक समितिलाई दिने एजेन्डा पनि बैंकले साधारण सभामा लैजानेछ ।

सभा प्रयोजनका लागि महालक्ष्मीले बैशाख ७ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने छ । वैशाख ६ गतेसम्म मात्र कायम सेयरधनीले मात्र नगद लाभांश पाउनेछन् । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड ३७ लाख ९७ हजार रुपैयाँ छ । बैंकले यही पुँजीबाट नगद लाभांश वितरण गर्न लागेको हो । साधारण सभा अल इन वन मार्ट, क्राउन ब्यांक्वेट मिनभवन काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

महालक्ष्मीले यसअघि राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन यति डेभलपमेन्ट लाई मर्ज गरेको थियो । दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज भएका हुन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यस बैंकले २० करोड ५४ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६० पैसा वार्षिक रहेको महालक्ष्मीको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५५ पैसा छ ।

२०७४ चैत २८ गते प्रकाशित

वि.सं.२०७४ चैत २८ बुधवार २१:०९ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...