काठमाडौं । नागरिक लगानी कोष ले आगामी बैशाख ७ गते २२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले गत आर्थिक बर्षको नाफाबाट प्रस्तावित २२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कोषले २२ प्रतिशत बराबरको १६ करोड २८ लाख ५८ हजार २७२ रुपैयाँ बोनस तथा १.१५ प्रतिशत नगद बराबरको ८५ लाख ७१ हजार ४८८ रुपैयाँ लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।
७४ करोड तीन लाख रुपैयाँ सेयर पूँजी रहेको नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १८ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २५ रुपैयाँ कायम गरेको छ ।
साधारण सभाका लागि कोषले चैत २२ देखि सेयरधनी किताब बन्द गरेकाले चैत २१ गतेसम्म कायम सेयरधनीले मात्र बोनस पाउनेछन् ।
२०७४ चैत २९ गते प्रकाशित
वि.सं.२०७४ चैत २९ बिहीवार १०:४८ मा प्रकाशित