back
NMB ad

कोलोराडोमा नेपाल डे परेड सम्पन्न

Kumari bank ad

नातिबाबु भट्ट, कोलोराडो, अमेरीका । नयां बर्ष २०७५ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले “नेपाल डे परेड” आयोजना गरि एक आपसमा शुभकामना साटासाट गरेका छन् ।  रकि माउन्टेण्ड फ्रेन्डस् अफ नेपाल आयोजनामा तथा हेल्पिङ ल्याण्डको सहयोगमा बोल्डर नगरमा सम्पन्न “नेपाल डे परेड” कार्यक्रममा नेपाली राजदुतावासका आर्थिक सल्लाहकार कैलासराज पोख्रेलको प्रमुख अतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा गायक सन्जिव प्रधान, स्थानीय संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, बुद्धीजिवी, कलाकार, पत्रकार, व्यवसाही तथा सर्बसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो ।

भौगोलीक हिसावले नेपाल संग मिल्दो जुल्दो सुन्दर बोल्डर नगरमा आयोजित परेड कार्यक्रममा नेपालीहरुले नेपाल र अमेरीकाको झण्डा, प्लेकार्ड ब्यानर बोकी धिमेबाजाको तालमा नेपाली गीत गाउंदै, शुभकामना साटासाट गर्दै हर्सोउल्लास तथा मनोरन्जनका साथ नगर परिक्रमा गरेका थिए ।

स्थानीय खुल्लामञ्चबाट सुरु भएको परेडमा सहभागी कतीपय नेपालीहरु दौरा सुरुवाल, ढाकाको टोपी, साडी चोलो लगाएर आएका थिए भने, कोही आÏनो जातीय भेष भूषा संस्कृती झल्कने पहिरहन लगाएर आएका थिए । अमेरीकी भुमीमा नेपालीहरुले नेपालको झण्डा हल्लाउंदै हिड्दा गौरबले छाती फुलेको महसुस हुन्थ्यो ।

बालक बृद्ध सबै उमेर समुहका नेपालीको उपस्थिती रहेको उक्त कार्यक्रममा नेपाल र नेपाली संस्कृती प्रति माया र सद्भाव राख्ने अमेरीकी नागरिकहरुकोपनि सहभागीता रहेको थियो । बाटाका छेउछाउका दर्शकहरुले भने हेप्पी न्यु एयर, नमस्ते भन्दै ताली पिटेर स्वागत गरेका थिए । कार्यक्रममा सहभागी सबै उमेरका नेपालीहरुले आ– आफ्नो दौतरी संग आफ्नो रिती र परंपरा अनुसार शुभकामना साटासाट गरिरहेका थिए ।

नगर परिक्रमा गर्नु अगाडी कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी कैलासराज पोख्रेलले नेपालीको शिर उच्चा पार्ने यस्तो महत्व पूर्ण तथा सुन्दर कार्यक्रममा सहभागी हुन पाएकोमा आफु धेरै हर्षित भएको बताउदै अमेरीकामा नेपाल डे परेड भनेर कोलोराडो बासीले पहिला शुरुगरेकोमा कोलोराडो बासी नेपालीलाई धन्यवाद दिए ।

गायक सन्जिब प्रधानले राष्ट्रिय गीत गाएर थिए भने, कोलोराडोमा कृयाशिल सबै संघ संस्थाका पदाधिकारीहरुले शुभकामान मन्तब्य दिएका थिए । हेल्पिङ्ग हेण्डका तर्फबाट पद्यराज शर्माले सबैलाई स्वागत गरेका थिए । त्यस्तै आयोजक संस्थाका अध्यक्ष बिनोद त्रीपाठीले नेपाल र नेपालीको पहिचाहन दिने यस कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग पु¥याउने सबैलाई धन्यवाद दिएका थिए ।

बोल्डर सहरमा नेपालीहरुको बसोबास बाक्लो हुदैगए पछि यहाका स्थानीयलाई नेपाली भाषा संस्कृती पहिचान गराउन हेल्पिङ्ग हेण्डका अध्यक्ष नारायण श्रेष्ठको पहलमा आज भन्दा १४ बर्ष अगाडी “नेपाल डे परेड”को सुरुआत गरिएको थियो । कोलोराडो स्थित बोल्डर सिटी एण्ड काउन्टिको कार्यालयले सन् २००४ देखि हरेक बर्ष अप्रिल महिनाको तेश्रो आईतबार नेपालीहरुको नया ंबर्षको उपलक्ष्यमा “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि “नेपाल डे परेड ”कार्यक्रम आयोजना गर्न थालिएको हो । नेपालीहरुको दिवस भनेर अमेरीकी सरकारबाट स्विकृत भएको यो पहिलो सुचीकृत कार्यक्रम हो ।

२०७४ चैत ३ गते प्रकाशित

वि.सं.२०७५ वैशाख ३ सोमवार ०९:०८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...