back
NMB ad

रानीपोखरी पुनर्निर्माणको काम जेठ १ देखि शुरु हुने

Kumari bank ad

काठमाडौं । रानीपोखरी पुनःनिर्माणका क्रममा प्रयोग भएका आधुनिक निर्माण सामग्री यही वैशाख मसान्तसम्ममा निकाली आगामी जेठ १ गतेदेखि पुनःनिर्माणको काम शुरु हुने भएको छ । पछिल्लो निर्णयअनुरुप निर्माणको काम शुरु गर्नुपर्ने भएकाले वैशाख मसान्तसम्ममा सबै आधुनिक निर्माण सामग्री हटाउने तयारी गरिएको काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो ।

‘अबको केही दिनभित्रै पुनःनिर्माणका क्रममा प्रयोग भएको सबै निर्माणका सामग्री हटाइने छ र आगामी जेठ १ गतेदेखि निर्माणको काम शुरु हुनेछ’, आचार्यले भन्नुभयो । परम्परागत शैली मासिएको भनी गुनासो आएपछि गोरखा भूकम्पबाट क्षतिग्रस्त पोखरीको पुनःनिर्माणका क्रममा प्रयोग भएका निर्माणका सामग्री हटाइने निर्णय भएको थियो । परम्परागत शैलीमा निर्माण हुनुपर्ने स्थानीयवासीको दवावपछि करीब तीन महिनादेखि पोखरी पुनःनिर्माणको काम रोकिएको थियो ।

रोकिएको काम शुरु गर्न गत चैत २२ गते संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, कामपा प्रमुख विद्यासुन्दर शाक्य र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललबीच भएको छलफलले आधुनिक निर्माणका सामग्री हटाउने निर्णय गरेको थियो । मन्त्री अधिकारीले सम्पदा व्यवस्थापन स्थानीय सरकारले नै गर्ने भएकाले महानगरको काममा सबैलाई सहयोगीरुपमा रहन आग्रह गरेका छन् ।

यसअघि कामपाले विज्ञको सल्लाहअनुरुप पुनःनिर्माण गरिनुपर्ने बताउँदै आएको थियो । पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण विभागले गर्दै गरेको भए पनि अन्य सबै काम कामपाको जिम्मामा आएको छ । करीब ४ सय वर्ष पुरानो ऐतिहासिक रानीपोखरी ०७२ वैशाखको भूकम्पले क्षति भएको छ ।

२०७५ बैशाख ८ गते प्रकाशित

वि.सं.२०७५ वैशाख ८ शनिवार १३:३९ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...