back
NMB ad

एभरेष्टको दश प्रतिशत बोनसपछि १०५ प्रतिशत संस्थापक हकप्रद बिक्री गर्ने प्रस्ताव पारित

Kumari bank ad

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको २३ औं बार्षिक साधारण सभाले दश प्रतिशत बोनसपछि १०५ प्रतिशत संस्थापक हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेसँगै कम्पनीका सेयरधनी संस्थापक सेयरधनी बन्ने भएका हुन् । इन्स्योरेन्सले हाल कायम पूँजीको दश प्रतिशत अर्थात एक करोड २१ लाख ५० हजार रुपैयाँको बोनसपछि कायम पूँजीमा १०५ प्रतिशत संस्थापक हकप्रद बिक्री गर्नेछ ।

साधारण सभाले हाल कायम चुक्तापूँजीमा ५१ प्रतिशत संस्थापक सेयर कायम गर्ने गरी १०५ प्रतिशत संस्थापक हकप्रद सेयर जारी प्रस्ताव अनुमोदन गरेको हो। साथै संस्थापक हकप्रदपछि कम्पनीले ३०० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने निर्णय समेत पारित गरेको छ । बोनस र दुई चरणको हकप्रद पश्चात कम्पनीमा संस्थापक सेयरधनीको ५१ प्रतिशत र साधारणको ४९ प्रतिशत सेयर स्वामित्व रहने छ । कम्पनीको पहिलो चरणको हकप्रद सबै संस्थापक हुनेछ भने दोस्रो चरणको हकप्रद संस्थापक तथा साधारण सेयरधनीलार्इ विक्री गरिनेछ ।

दश प्रतिशत बोनस दिए सँगै कम्पनीको चुक्ता पँजी १३ करोड ३६ लाख ५० हजार रुपैयाँ पुगेको छ । अब कम्पनीले १३ करोड ३६ लाख ५० हजार चुक्ता पूँजीको एक सय पाँच प्रतिशत हकप्रद सेयर हाल कायम रहेका सेयरधनीहरुलाई जारी गर्नेछ । बीमा समितिको निर्देशन बमोजिम कम्पनीले संस्थापकको ५१ तथा साधारण सेयरधनीको ४९ प्रतिशत शेयर हिस्सा कायम गर्न लागेको हो । साथै कम्पनीको २२ औं साधारण सभाबाट पारित भएको ६०० प्रतिशत हकप्रद प्रस्तावलाई खारेज गरेको छ ।

त्यसपश्चात कम्पनीले सबै सेयरधनीहरुलाई तीन सय प्रतिशत १ बराबर ३ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको छ । यो हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड ५९ लाख ३०० रुपैयाँ कायम हुनेछ ।

२०७५ बैशाख १० गते प्रकाशित

वि.सं.२०७५ वैशाख १० सोमवार १९:३० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...