back
NMB ad

नाइजेरियामा बोको हरामका १५ लडाकू मारिए

Kumari bank ad

अबुजा । नाइजेरियाको सेनाले बोको हराम लडाकूका विरुद्धमा जारी रहेको कारबाहीका क्रममा उक्त समूहका १५ जना लडाकू मारिएको जनाएको छ । देशको उत्तरपूर्बी क्षेत्रमा राज्यद्वारा आतङ्ककारी घोषित सो समूहका विरुद्ध भएको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएको अधिकारीहरुले जनाएका छन् ।

उत्तरपूर्बी क्षेत्रमा पर्ने बोर्नो राज्यको राजधानी मैडुगुरीस्थित एक स्थानमा बोको हरामका १५ जना लडाकू मारिएको पुष्टि सैन्य प्रवक्ता ओन्येमा न्वाचुक्वुले गरे । उनले साम्बीसा जंगलनजिकै परिसु भन्ने ठाउँमा गोली लागि शुक्रबार उनीहरुको मृत्यु भएको पनि जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ ।

बोको हरामका लडाकूहरुलाई कारबाही गर्नका लागि सैन्य टोली गत सोमबार देखि नै घटनास्थलमा खटिएको न्वाचुक्वुले बताए ।नाइजेरियाको उत्तरपूर्बी क्षेत्रमा छुट्टै मुस्लीम राज्य स्थापनागर्ने भन्दै बोको हरामका लडाकूहरुले सन् २००९ देखि संघर्ष गरिरहेका छन् ।उनीहरुको अहिलेसम्मको संघर्षका कारण झण्डै २० हजार जनाको मृत्यु भइसकेको छ भने अरु लाखौं विस्थापित भएका छन् ।

२०७५ बैशाख २० गते प्रकाशित

वि.सं.२०७५ वैशाख २० बिहीवार १६:०३ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...