back
NMB ad

शेयर लगानीकर्तासँग अर्थमन्त्री भने ‘मैले एकथोक बोल्छु, ब्याख्या अर्कै भएर आउँछ’

Kumari bank ad

काठमाडौं। ‘बोलेको एकथोक हुन्छ, ब्याख्या अर्कै भएर आउँछ’ अर्थमन्त्रीले यसो भने अरे भनेर हल्ला फिँजाएर निश्चित मान्छेले फाइदा उठाइरहेका छन्। पूँजी बजार नबुझ्ने अर्थमन्त्रीजस्तो चित्रण गरिएको छ । धेरैले पूँजी बजारको बारेमा क, ख, ग जानेका समेत थिएनन् । २०४३ सालमै पूँजी बजारका बारेमा किताव लेखेर छापिसकेको छु।

अर्थमन्त्री डा.युवराज खतिवडा नेपाल धितोपत्र वोर्डले आयोजना गरेको ‘क्यापिटल एक्सपो’ मा आफ्नो गुनासो साझा गर्दै थिए। उनले आँफै एक्सपोमा आउनुको कारणसमेत खुलाए। पूँजी बजारको बारेमा धेरे पढियो, लेखियो, बुझियो। एकथोक भनिएको हुन्छ। अर्कैथोक ब्याख्या गरिन्छ। पूँजी बजारसमेत नबुझ्ने अर्थमन्त्रीसम्म भनिन्छ।

आँफुले एउटा कुरा बोल्यो, अर्को व्याख्या भएर आउँछ। अनि अर्थमन्त्रीले यसो भनिदिए भनेर बजारलार्इ वेवकुभ बनायो अनि आँफूले फाइदा उठाएर हिँड्यो। त्यही भएर सबैलाई प्रस्टसँग भन्नका लागि म कार्यक्रममा आएको हुँ । उनले अर्थमन्त्री हुनुभन्दा धेरै अगाडिबाट शेयर बजारका बारेमा अध्ययन अनुसन्धान गरेको बताए। ‘मैले पूँजी बजारको बारेमा २०४३ सालमै किताव लेखेर छापिसकेको छु,’ उनले भने, ‘तर, त्यतिबेलाको पूँजी बजारले आजको दिनमा धेरै फड्को मारिसकेको छ।‘

उनले त्यसबेला नेपाल स्टक एक्सचेन्जमा ५० वटा कम्पनी पनि सुचीकरण नभएको बताउँदै अहिले संख्या धेरै पुगिसकेको बताए। अर्थमन्त्रीले नेप्सेमा एकै किसिमका कम्पनी सूचिकृत भएकोमा चिन्ता ब्यक्त गरे। बैंक तथा वित्तीय संस्थावाहेक पनि नयाँ क्षेत्रलाई पूँजी बजारमा छिराउनु पर्ने उनले बताए।

२०७५ बैशाख २६ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २६ बुधवार १३:२६ मा प्रकाशित

You can share this post!

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे १०औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे १०औँ वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८० चैत १६ शुक्रवार २१:०१

काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई)...

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

वि.सं.२०८० चैत १६ शुक्रवार २०:५३

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले यस पटक पनि अन्तर्राष्ट्रिय...

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...