back
NMB ad

यसरी ‘लर्न एण्ड अर्न’ गर्दै इजरायलको कृषि काममा ४५० नेपाली विद्यार्थी

Kumari bank ad

दोलख गुरुङ, (इजरायल)

साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम अन्र्तगत आधुनिक र प्राविधिक कृषि तालिमको लागि यस वर्ष पनि करिब ४ सय पचास नेपाली युवा, विद्यार्थी इजरायलकोे विभिन्न स्थानमा कृषि काम गरिरहेका छन् ।

नेपालमा रहेका साना किसान विकास बैंक र इजरायली दुतावासको आपसी सम्झौता अनुसार स्थानिय तहमा रहेका विभिन्न साना किसान कृषि सहकारी संस्थामा आवद्ध किसानका छोरा, छोरीहरु इजरायल गएका हुन् ।

इजरायल गएका ४ सय पचास युवाहरु मध्ये करिब २५ प्रतिशत महिला रहेका छन् भने बाँकि ७५ प्रतिशत पुरुष रहेका छन् । इजरायलको आधुनिक कृषि प्रविधि सिकि नेपालको कृषि क्षेत्रमा युवा पुस्तालाइ सहभागी गराई कृषि क्षेत्रलाई व्यावसायिक रुपमा विकास र प्रोत्साहन गर्ने उद्देश्यले साना किसान बैंकले युवाहरुलाइ इजरायल पठाएको बताइएको छ ।

यसरी कृषि प्रशिक्षार्थी तालिममा जानको लागि १२ कक्षा उत्तीर्ण गरी ३० वर्ष उमेर नकटेका युवाहरुलाइ छनौट गरी पठाउने गरिएको छ । यसलाई ‘लर्न एण्ड अर्न’ कार्यक्रम पनि भन्ने गरिन्छ । यो कार्यक्रम तथा तालिम करिब १० महिनादेखि ११ महिना सम्मको हुनेछ । यस अवधिमा सैद्धान्तिक र व्यावहारिक दुवै तालिम हुने गर्दछ । त्यहाँ रहेका युवाहरुले अध्यायनको साथै काम पनि गर्नुपर्ने हुन्छ । काम गरेर कमाएको पैसाबाट मासिक नेपाली २५ हजारदेखि ३० हजारसम्म कलेज फि र मासिक २० हजारदेखि २३ हजार सम्म आवास शुल्क बुझाउनु पर्ने हुन्छ । यस अवधिमा विद्यार्थीहरुले सबै खर्च गरेर १० महिनामा करिब ८ देखि १० लाख सम्म कमाउँछन् । साथै जानको लागि भने प्रत्येक विद्यार्थीले १० लाख बराबरको अचल सम्पत्ति धीतो राख्नु पर्नेछ भने अन्य सबै खर्चको लागि १ लाख देखि १ लाख ५० हजारसम्म लाग्ने छ । सीप सिकिनुका साथै छोटो समयमा पनि कमाइ राम्रो हुने हुँदा यस तालिममा आउँदा राम्रै भएको हाल इजरायलमा रहेका विद्यार्थीहरुले बताएका छन् ।

इजरायलको कुल भु–भागको करिब २० प्रतिशत भू–भाग मात्र खेतियोग्य रहेको छ । सोहि जमिनमा देशको लागि आवश्यक पर्ने करिब ९५ प्रतिशत खाद्यान्न उत्पादन इजरायलले गर्दछ । इजरायलमा कृषि उत्पादनको लागि अनुकुल हावापानी भएकोले गहु, मकै, किभि, एभोकार्डो, केरा, स्याऊ, अङगुर, काँक्रो, आँप, टमाटर लगायत सबै प्रकारको उत्पादन इजरायलमा हुन्छ । त्यस्तै दुग्ध उत्पादन, वाईन, साइट्रस र फुल उत्पादनमा पनि इजरायल अग्रस्थानमा रहेको छ ।

यसरी कृषि क्षेत्रमा अव्वल हुनुको पछाडी इजरायलको कृषि प्रणाली किवुज (सहकारी) र मोसाव (व्यक्तिगत) उत्पादन प्रणालीको साथै कृषि क्षेत्रको विकासको लागि अध्यायन, अनुसन्धान र आधुनिक सिचाँई प्रविधी हो ।

यस वर्ष इजरायली दुतावास र साना किसान विकास बंैक नेपालले पहिलो वर्षहरुमा जस्तै नेपालभरिबाट स्थानीय स्तरबाट सिफारिस भई आएका विद्यार्थीहरुलाइ लक्की ड्र प्रकृयामा सहभागी गराई लक्कि ड्रमा परेका विद्यार्थीहरुलाइ अन्तर्वार्ता सहभागी गराई उक्त प्रकृयामा उत्र्तिण भएका विद्यार्थीहरुलाई मात्र स्वास्थ्य परिक्षण गराइन्छ । स्वास्थ्य परिक्षणमा पनि उर्तिण विद्यार्थिहरुलाई मात्र अन्तिम चरणमा सहभागी गराइन्छ । यो वर्ष छनौट भएका विद्यार्थिहरुलाई इजरायल जानु पूर्व काठमाडौं विश्वविद्यालयले कम्प्युटर, आधुनिक कृषि, संचार र इजरायलको भाषा, संस्कार संस्कृति र इतिहासको विषयमा १० दिने आधारभुत तालिम पनि प्रदान गरिएको थयो ।

इजरायल दुतावासले सन २००७ मा पहिलोपटक नेपाली विद्यार्थीहरुलाई कृषि प्रशिक्षार्थीको रुपमा इजरायल लगेको थियो । त्यस वर्ष गएका अधिकांश विद्यार्थीहरु सम्झौता अनुसार नेपाल नफर्कि विद्यार्र्थीहरु भागेर उत्तै बसेपछि कार्यक्रम स्थगित भएको थियो । साना किसान विकास बैंकसँगको निरन्तर सहकार्य र अनुरोधमा २०१३ देखि पुन नेपाली विद्यार्थीहरुलाई इजरायलमा कृषि प्रशिक्षार्थिको रुपमा हालसम्म निरन्तर लगिएको छ । हालसम्म २ हजार १ सय पचास विद्यार्थी यस कार्यक्रम मार्फत इजरायल गइसकेका छन् । इजरायल गएका विद्यार्थीहरुले इजरायलको आराभा, किन्नरेट र आस्केलन गरी तीनवटा क्षेत्रमा रहेर अध्यायनसँगै काम गरिरहेका छन् ।
साना किसान विकास बैंक र इजरायल दुतावासको उद्देश्य इजरायलको आधुनिक कृषि प्रविधि र सिप सिकी स्वदेशमा सोहि सिप र प्रविधिको प्रयोग गरी कृषि उत्पादनलाई व्यावसायिक बनाई देशलाई कृषिमा आत्मनिर्भर बनाउँदै युवा बेरोजगार न्युनिकरण गर्नु रहेको बताएको छ । तर भागेर वा लुकेर बस्नु होइन । अहिले पनि केहि विद्यार्थीहरु भागेर इलिगल बसिरहेको समाचारहरु आउने गरेको छ । यो वर्ष अर्थात सन् २०१७ र २०१८ मा पनि इजरायलमा करिब ४ सय पचास विद्यार्थीहरुले कृषि प्राविधिक तालिम सिकिरहेका छन् । हाल नेपालभर करिब १ लाख ८ हजार किसानहरु साना किसान सहकारी संस्थामा आवद्ध रहेका छन् ।

नेपालबाट इजरायलमा आधुनिक कृषि प्रविधि सिक्न जानको लागि साना किसान सहकारी संस्थासँग आवद्ध किसानका छोरा, छोरीले मात्र पाउने छन् । इजरायलले नेपाली विद्यार्थी जस्तै भियतनाम, कम्वोडिया, थाइल्याण्ड, लाओस, बर्मा, केन्या, इष्टिमोर साथै अन्य विभिन्न देशहरुबाट पनि कृषि प्राविधिक तालिमको लागि धेरै विद्यार्थीहरु ल्याउने गरेका छन् । यसरी कृषि तालिम लिइ नेपाल फर्केका केहि युवाहरुले मात्र स्वदेश फर्किएर व्यावसायिक रुपमा कृषि क्षेत्रमा काम गरेको पाइन्छ । यस्तै इजरायलबाट नेपाल फर्केका युवाहरुको एक समूहले भने आराभा नेपाल मोडल एग्रीकल्चर कम्पनीको स्थापना गरी सामुहिक रुपमा लम्जुङ जिल्लाको सुन्दरबजार नगरपालिका ३ को दुराडाँडा अर्चल्यानीको जल्केनीमा एकिकृत कृषि वस्तीको सुरुवात गरेका छन् । इजरायलमा आधुनिक कृषि प्रशिक्षण तथा तालिम गरी फर्किएका र अन्य पेशा व्यावसाय गरिरहेका युवाहरुले करिब ३०० रोपनीको क्षेत्रफलमा कृषि फार्म सञ्चालन गरिएको छ । केहि समय अघिदेखि सञ्चालनमा आएको फार्ममा हाल तरकारी खेती, डेरी फार्म, कुखुरा, माछा, बङगुर, बाख्रा पालिएको छ । यसलाई विस्तारै विस्तार गरी एक नमुना कृषि पर्यटकिय क्षेत्रको रुपमा पनि परिचित गराउने उद्धेश्य रहेको कम्पनीका एक सदस्य तथा हाल इजरायलको आराभा इन्टरनेश्नल सेन्टर फर एग्रीकल्चर ट्रेनिङ सेन्टरका ग्रुप लिडर रविराज पुरीले जानकारी दिए । यस आराभा नेपाल मोडल एग्रीकल्चर फर्ममा ९८ जना विभिन्न जिल्लाका युवाहरुले करिब २० करोडको संयुक्त लगानीमा सञ्चालन गरिएको छ । यस कम्पनीमा ५० लाख बराबरको सहयोग इजरायलको आराभा इन्टरनेश्नल एग्रीकल्चर ट्रेनिङ सेन्टरले पनि गरेको छ ।

एसिया, अफ्रिका र युरोप तीन महादेशलाई जोड्ने एसिया महादेशमा पर्ने सानो मुलुक हो इजरायल जसलाई यहुदिहरुको राष्ट्र पनि भन्ने गरिन्छ । इजरायलको कुल क्षेत्रफल २० हजार ७ सय ७० वर्ग किलोमिटर रहेको छ । यसको उत्तर–दक्षिणको लम्बाई करिब ४ सय ७० किलोमिटर र चौडाइ १ सय ३५ किलोमिटर रहेको छ । इजरायललाई मध्यपूर्वको सबैभन्दा बढि औद्योगिक र आर्थिक रुपले विकसित राष्ट्र भनेर पनि चिनिन्छ । यस देशको नागरिकको प्रतिव्यक्ति आय करिब २९ हजार ८ सय अमेरीकि डलर रहेको छ । यहाँको करिब २ प्रतिशत जनताले कृषि पेशा, १६ प्रतिशतले औद्योगिक क्षेत्र र ८२ प्रतिशत जनताले नोकरी पेशा अपनाएका छन् । इजरायल नयाँ–नयाँ प्रविधिको अनुसन्धान र प्रयोगको क्षेत्रमा पछिल्लो समय निकै अघि रहेको छ । यस देशको साक्षरता प्रतिशत करिब ९६ प्रतिशत रहेको छ । याहाँ मुख्य गरी यहुदी, मुस्लिम र क्रिस्चियन धर्म मान्नेहरुको बसोबास रहेका छन् । इजरायल सन १४ मे १९४८ मा बेलायतबाट स्वतन्त्र भएको हो ।

२०७५ बैशाख २९ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २९ शनिवार १९:३१ मा प्रकाशित

You can share this post!

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...