back
NMB ad

त्रिभुवन विमानस्थलमा ४ वटा पार्किङ वे थपिँदै, जहाज आकाशमै होल्ड हुने समस्या हट्ने 

Kumari bank ad

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप चारवटा पार्किङ बे संचालनमा आउने भएको छ । हवाई चाप बढेपछि त्रिभुवन विमानस्थलमा थप चारवटा हवाई पार्किङस्थल निर्माण हुन लागेको महाप्रवन्धक राजकुमार क्षेत्रीले बताए। बिमानस्थलको कन्जेसन कम गर्नका लागि थप पार्किङस्थल निर्माण गर्न लागिएको महाप्रवन्धक क्षेत्रीले जानकारी दिए।

आठ देखि १० महिनाभित्र पार्किङ स्थल बनिसक्नेछ। दुईवटा पार्किङ स्थल अहिले भएको एप्रोनको दक्षिणतिर र उत्तरतिर बनाइँदै छ। पार्किङ बनिसकेपछि जहाज पार्किङको समस्या न्यून हुनेछ। पूर्वतिर निर्माण हुँदै गरेको पार्किङ स्थलमा दुईवटा बोइङ र दुईवटा डोमेस्टिक जहाज पार्किङ गर्न सकिने आयोजनाका प्रमुख इन्जिनियर मुरारी भण्डारीले बताए। उनले भने, आयोजना दुई वर्ष अघि नै सकिनुपर्ने थियो। पछिल्लो समय साना जहाजको लागि पनि पार्कीङ बे थप्नुपर्ने भएको कारण समय लम्बिएको हो।’

अहिले पार्किङ क्षेत्र बनिरहेको स्थलमा माटो भर्ने काम सकिसकेको छ। बर्खा सकिएलगत्तै पेभमेन्टको काम गरिहाल्ने आयोजना प्रमुख भण्डारीले जानकारी दिए।प्राधिकरणका अनुसार रिमोट एयरक्रफ्ट पार्किङ निर्माणकालागि तुण्डी लामा समानान्तर जेभी कम्पनीले ३४ करोड ३४ लाख ६९ हजार नौ सय ७२ रुपैयाँमा ठेक्का लिएको छ। एसएलटी/ टिएसइर/पुमोरी/ जेभीले निर्माण सुपरिवेक्षण परामर्श दिइरहेको प्राधिकरणले जनाएको छ।

नौ हजार एक सय स्क्वायर मिटरमा रहेको पार्किङको लम्बाइ एक सय ४० मिटर र चौढाइ ६५ मिटर रहेको प्राधिकरणले बताएको छ।यसैगरी विमानस्थलको पश्चिमतिर र दक्षिण सिनामंगल तर्फ दुईवटा बोइङ पार्कीङ गर्न सक्ने बे बन्दैछ। आयोजना प्रमुख भण्डारीका अनुसार उक्त निर्माण कार्य एक वर्ष अघि देखि सुरु गरिएको थियो। अर्को वर्षसम्म निर्माण सक्ने उनले जानकारी दिए।

स्वच्छन्द खानी जोइन्ट भेन्चर कम्पनीले ठेक्का लिएको उक्त प्रोजेक्ट ५९ करोड १७ लाख ३१ हजार आठ सय ३९ रुपैयाँको लागतमा बन्न लागेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार त्यस पार्किङ स्थलमा दुईवटा बोइङ ७७७ अट्ने क्षमता छ। १४३ मीटर लम्बाइ, ६५ मीटर चौडाइ र ९२९५ स्क्वायरमीटर क्षेत्रफल रहेको पार्किङ बे पनि अर्को वर्ष संचालनमा आउने भण्डारीले बताए।

महाप्रवन्धक क्षेत्रीका अनुसार दैनिक २८ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्दै आएका छन्।विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार हाल त्रिभुवन विमानस्थलमा उनन्तीसवटा अन्तर्राष्ट्रिय एयरलाइन्सहरु संचालनमा छन्। दैनिक इन्टरनेशनल र डोमेस्टिक एयरलाइन्सका ४ सय ५० देखि ५ सय हवाइजहाजहरु आउने जाने उनले बताए।त्रिभुवन विमानस्थलमा हाल जम्मा ९ वटा अन्तर्राष्ट्रिय पार्किङस्थल छ भने डोमेस्टिकमा १७ वटा पार्किङस्थल छ।

बिजमाण्डू
२०७५ बैशाख ३० गते प्रकाशित

वि.सं.२०७५ वैशाख ३० आइतवार ११:५९ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...