back
NMB ad

टेलिकमले नौ महिनामा कमायो ११ अर्ब खुद मुनाफा

Kumari bank ad

काठमाडौँ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको नौ महिनामा रु ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार खुद मुनाफा गरेको छ ।

कम्पनीले हालै प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा सो तथ्य प्रस्तुत गरिएको हो । गत वर्षको सोही अवधिमा कम्पनीले रु ११ अर्ब ३२ करोड १८ लाख १९ हजार मुनाफा गरेको थियो । यस अवधिमा कम्पनीले ४।७२ प्रतिशत बढी नाफा आर्जन गर्न सफल भएको टेलिकमद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनील हालै सार्वजनिक गरेकोे गत साउनदेखि चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीले रु ३३ अर्ब ८५ करोड ३२ लाख ७० हजार आम्दानी गरेको छ । प्राप्त विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले ३ प्रतिशत बढी आम्दानी गरेको जनाएको छ ।

समीक्षा अवधिमा कम्पनीले सेवा बिक्रीबाट रु २९ अर्ब ३९ करोड २१ लाख ३७ हजार र अन्यबाट चार अर्ब ४६ करोड ११ लाख ३३ हजार आम्दानी गरेको छ । गत आर्थिक वर्षको सो अवधिमा कम्पनीको सेवा बिक्रीबाट रु २९ अर्ब ७४ करोड ९४ लाख ६३ हजार र अन्यबाट रु तीन अर्ब ११ करोड ९४ लाख ५४ हजार आम्दानी गरेको थियो ।

उक्त कम्पनीको चुक्ता पूँजी रु १५ अर्ब छ । जगेडा कोषमा रु ७९ अर्ब ६९ करोड पाँच लाख १५ हजार जम्मा भएको छ । कम्पनीको प्रति शेयर आम्दानी १०५।३९ रुपैयाँ छ ।

हाल सेवाग्राहीको चाहना भ्वाइस भन्दा डाटा सेवातिर बढिरहेको देखिएको छ । साथै कम्पनीले हालको तीव्र प्रतिस्पर्धात्मक दुरसञ्चार बजारमा अग्रणी रहन सेवाग्राहीको माग तथा रुचिअनुरुप आकर्षक भ्वाइस तथा डाटा प्याकेज ल्याउनुका साथै समयानुकूल शुल्कमा परिमार्जन गर्दै आएको छ ।

२०७५ बैशाख ३० गते प्रकाशित

वि.सं.२०७५ वैशाख ३० आइतवार १७:१८ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...