back
NMB ad

दुवै मृगौला फेल भएका राजकुमार बचाउने अभियानमा कलाकार शोभा त्रिपाठी

Kumari bank ad

महादेववेशी । एक दिन विहान टिका बमजन मर्निङवाकमा निस्किएका थिए । उनले एकजना विरामी भएर लडिरहेका राजकुमार सुनारलाई बाटोमा देखेछन् र सोध्दा धादिङ थाक्रे गाउँपालिका ६, रानिवारी का राजकुमार सुनारले आफु दुवै मृगौला फेलभएर पैसाको आभावमा डाइलासिस समेत गर्न नसकेर भौतरिएको बताएपछि टिका बमजनले अस्पताल पु¥याउनुभएको रहेछ ।

टिका दाईले मलाई फोन गरेर भन्नुभयो शोभा तिम्रो धादिङ्गकै एउटा भाई यस्तो अवस्थामा फेला पारेँ केही गर्न सकिन्छ कि भनेर भन्नुभयो । अनि मैले भाई राजकुमारलाई भेंटे उसका कुरा सुनेपछि जनता टेलिभिजनमा उसको अन्र्तवार्ता लिएं र जहाँबाट सहयोगको लागि समेत आह्वान गरें जसअनुसार बेलायतमा बस्ने दाजभाईहरुले १,७९,०००। सहयोग पठाइदिनुभयो ।

म पुरै भावुक भएको थिएँ कि उसको परिवारको अवस्था एकदम दयनिय थियो । उसको श्रीमती आफ्नो मृगौला दिएर बचाउने वाचा गर्दैथिइन् भाई राजकुमारको बाँच्ने तीव्र्र आशा थियो । यस्तो अवस्थामा मैले केही अठोट गरें उसको उपचारको लागि आफ्नो तर्फबाट केही न केही गर्छु भन्ने लाग्यो र उसको जिवन बचाउने अभियान शुरुवात गरेको छु । मलाई विश्वास छ यो कसैको जिवन बचाउने अभियानमा आफु सफल हुन्छु भनेर ।

यि माथिका घटना कलाकार एवं सफल कार्यक्रम प्रस्तोता शोभा त्रिपाठीले थाक्रेको महादेववेशीमा केहिदिन अघिसम्म सञ्चालित महादेववेशी मिनि महोत्सवको कार्यक्रम सञ्चालन गर्ने क्रममा बताइरहंदा महोत्सवबाट उपस्थित दर्शकहरुले ६२,६४० रुपैया सहयोग प्रदान गरे । उक्त रकम कार्यक्रम स्थलमै उपस्थित राजकुमार सुनारलाइृ हस्तान्तरण गरियो ।

गत वर्षको बैसाखमा वैदेशिक रोजगारीका लागि ऋण गरेर साउदी अरव हिंडेका राजकुमार काम थालेको केही महिनामा नै एक्कासी विरामी भई अस्पताल जाँदा आफ्नो दुवै मृगौला फेल भएको रिपोर्ट आएपछि असोजमै नेपाल फर्किएका थिए । त्यति वेला न उनिसंग उपचार गर्ने पैसा थियो न त कुनै उपाय नै । सानैमा आमाको मृत्यु भएको बुबाले ३ वटा विहेगरि अन्तै घरजम गरि बसेकाले उनको साहरा कोही थिएन उनकी श्रीमती रञ्जिता सुनार आफ्नो श्रीमानको यो अवस्थाबाट मर्माहित बनीन् । कुनै बाँच्ने आशा गुमाइसकेका राजकुमारले पछिल्लो समय कलाकार शोभा त्रिपाठीको अभियान र सहयोगी व्यक्तित्वहरुको सहयोगले आफुमा पुनः बाँच्ने आशा पलाएको कुराकानीको क्रममा बताए ।

राजकुमारको लागि श्रीमतीको मृगौलानै नमिलेतापनि श्रीमतीले अन्य व्यक्तिलाई दिने र उसको परिवारबाट मिल्ने मृगौला राजकुमारलाई दिनको लागि तयार सहयोगी पाएर हाल इन्सुलेसनको कार्य भईरहेको छ । उनको एउटै आवश्यकता छ मृगौला प्रत्यारोपण गर्दा लाग्ने खर्च व्यवस्थापन सो को लागि कलाकार शोभा त्रिपाठीले सहयोग उठाउने अभियान सञ्चालन गरेकी छिन करिव १५ देखी १७ लाख खर्च लाग्न सक्ने अस्पतालको अनुमान अनुसार उनले राजकुमार सुनार बचाउ अभियान सञ्चालन गरेकी छिन् ।

अप्रेशन भएपछि सरकारले २ लाख दिने भएपनि वाँकी रकमको व्यस्था गर्न राष्ट्रिय कलाकारहरुको साथमा धादिङको राजमार्ग क्षत्रको धार्के लगाएत विभिन्न ठाउँमा च्यारिटी शो गरी सहयोग जुटाउन लागिएको कलाकार शोभा त्रिपाठी ले बताउनुभयो । कलाकार शोभाको यो शोभनिय कार्य तथा राजकुमार सुनार बचाउने अभियानमा सहयोग गर्न चाहने महानुभावहरुले प्रभु वैक महादेववेशी शाखा मा रहेको राजकुमार सुनारको नाममा खातामा नं. ः ०६००१०००९८७७२९०००००१ मा रकम जम्मा गर्न समेत अपिल गरेकी छिन् ।

२०७५ जेठ १ गते प्रकाशित

वि.सं.२०७५ जेठ १ मंगलवार १५:०६ मा प्रकाशित

You can share this post!

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...