Logo

प्रगतिशील लेखक संघ भारतको प्रतिनिधिमण्डल नेपालमा

काठमाडौं । राजस्थान प्रगतिशील लेखक संघको चार सदस्यीय प्रतिनिधिमण्डलले आज प्रेस काउन्सिलमा अवलोकन भ्र्रमण गरेको छ । सो अवसरमा आयोजित छलफल कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य सचिव तथा सूचना विभागका महानिर्देशक बालकृष्ण घिमिरेले खादा मालाले पाहुना टोलीको स्वागत गर्दै आपसी सहकार्य र समन्वयबाट नै मैत्रीपूर्ण सम्वन्ध जीवन्त रहने धारणा राख्नुभयो ।

राजस्थान प्रगतिशील लेखक संघका महासचिव ईशुमधु तलवारले दुई देशका लेखक, पत्रकारहरु वीच आपसी सम्वन्धलाई जोड दिने र यस क्षेत्रलाई थप उर्जाशील बनाउन सहयोग पुग्ने धारणा राख्दै न्यानो आतिथ्यताका लागि धन्यवाद व्यक्त गर्नुभयो । मधेशी पत्रकार समाजका अध्यक्ष मोहनकुमार सिंहले भ्रमण दलका सदस्यहरुको संयोजन गर्नुभएको थियो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्यहरु सुदर्शन आचार्य, गोविन्दप्रसाद चौंलागाईँ, चेतनाथ धमला, मुख्य अधिकृत झविन्द्र भुसाल लगायतको सहभागिता रहेको थियो ।

२०७५ जेठ २ गते 

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com