काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले ठूलो परिणाममा नक्कली नेपाली नोटसहित ६ जनालाई पक्राउ गरेको छ । स्रोतका अनुसार उनीहरुको साथबाट दुई करोड ६० लाख ८६ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद भएको छ ।
परिसर अन्तगरतको प्रहरी प्रभाग, नयाँ बसपार्कको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको स्रोतले बतायो । बुधबार अपरान्ह साढे ५ बजे पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्ने परिसरले तयारी गरेको छ ।
यी नोटहरु काठमाडौं उपत्यकाको गोंगबु, धापाखेल र बागबजारबाट बरामद गरिएको हो । गोंगबुबाट सोमबार, धापाखेलबाट मंगलबार र बागबजारबाट बुधबार बरामद गरिएको हो । नक्कली नोट छाप्ने कारखाना बागबजारमै रहेको प्रहरीले जानकारी दिएको छ ।
२०७५ जेठ २ गते प्रकाशित
वि.सं.२०७५ जेठ २ बुधवार १७:१२ मा प्रकाशित