back
NMB ad

सिद्धार्थको २ लाख १४ हजार कित्ता सेयर लिलामी खुल्ला

Kumari bank ad

काठमाडौं । सिद्धार्थ बैंकले बिहीबार आज देखि २ लाख १४ हजार ३३५.५५ कित्ता सेयर लिलामीमा ल्याएको छ । बैंकले गत फागुन २ गतेदेखि निष्काशन गरेको ६८ लाख २६ हजार ११७ कित्ता सेयरमध्ये एक लाख ७४ हजार ३१५ कित्ता सर्वसाधारण र ४० हजार २० दशमलव ६४ कित्ता संस्थापक समूहको सेयर विक्री नभएपश्चात लिलाम बढाबढमा विक्री गर्न गर्न लागेको छ । बैंकले जेठ ३ गतेदेखि १० प्रतिशत हकप्रदमा अवितरित भएको २ लाख १४ हजार ३३५ कित्ता सेयर लिलामी गर्ने भएको हो । नेप्सेमा बुधबार सिद्धार्थको अन्तिम सेयर कारोबार भने प्रतिकित्ता ३३५ रुपैयाँमा भएको हो ।

हकप्रद सेयर लिलामी खरिद गर्न लगानीकर्ताले बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल तथा सिद्धार्थ बैंकको विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, पोखरा, बुटवल र धनगढी शाखाबाट जेठ १० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

यसमा दुवै समूहतर्फ न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइनेछ । हाल सिद्धार्थको चुक्ता पुँजी ८ अर्ब १ करोड २१ लाख ७१ हजार रुपैयाँ छ । सेयर लिलामी बिक्रीपछि चुक्ता पुँजी ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार २७२ रुपैयाँ पुग्नेछ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब २२ करोड ५१ लाख ९३ हजार खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ २२ पैसा रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९५ पैसा छ ।

२०७५ जेठ ३ गते प्रकाशित

वि.सं.२०७५ जेठ ३ बिहीवार १३:५० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...