back
NMB ad

अफगानिस्तानमा ११ जना तालिबान मारिए

Kumari bank ad

अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त गजनीको मुकार जिल्लामा सुरक्षाबल र तालिवान आतंककारीबीच भएको झडपमा परी ११ जना आतंककारी मारिएको समाचार छ । अफगानिस्तानको गृहमन्त्रालयले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । यस झडपमा परी अरु १४ जना आतंककारी घाइते भएका पनि सो विज्ञप्तिमा जनाइएको छ ।

मुकार जिल्लाको अलि खिल क्षेत्रमा गस्तीमा रहेका सुरक्षा अधिकारीहरुमाथि आतंककारीले बम हानेका थिए । बिहीबार राति सो बम प्रहारपछिको कारबाहीका क्रममा तालिबान लडाकू मारिएका हुन् । अफगानिस्तानमा सन् २०१४ को डिसेम्बरको अन्त्यमा नेटो सेनाका प्रायः सेना अफगान युद्ध सकिएको घोषणा गर्दै त्यहाँबाट फर्किएकापछि अफगान सुरक्षाबल माथिको आक्रमण बढ्नुको साथै हताहत पनि बढेको पाइन्छ ।

उता अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान सेनाले गत शुक्रबार पनि हवाई आक्रमणमा जारी राखेको जनाएको छ । त्यस आक्रमणमा परी केही लडाकू मारिएको अनुमान गरिएको छ । केही दिनयता अफगानिस्तानमा हिंसा बढेको छ । तालिवानहरुले आत्मघाती हमलाका घटनामा वृद्धि गरेका छन् भने सेनाले पनि कारबाहीलाई जारी राखेको छ ।

तालिवान लडाकूले मङ्गलबार साँझपख अफगान सुरक्षा जाँच केन्द्रलाई लक्षितगरी आक्रमण सुरु गरेपछि अफगान राष्ट्रिय सेनाको हवाई फोर्सले विद्रोहीविरुद्ध कारबाही शुरु गरेको थियो । हालैमात्र काबुलमा भएको आक्रमणमा परी नौ जना पत्रकार मारिएका थिए । उक्त घटनाको विश्वव्यपीरुपमा निन्दा गरिएको थियो ।

२०७५ जेठ ४ गते प्रकाशित

वि.सं.२०७५ जेठ ४ शुक्रवार १६:५८ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...