back
NMB ad

रक्षामन्त्री पोखरेल द्वारा स्याफ्रुबेँसी–मैलुङ सडकखण्ड उद्घाटन

Kumari bank ad

रसुवा । रक्षामन्त्री ईश्वर पोखरेलले आज स्याफ्रुबेँसी–मैलुङ सडकखण्ड उद्घाटन गर्नुभएको छ । नेपाली सेनाद्वारा निर्माण भएको १७ किलोमिटर दूरीको उक्त सडक मन्त्री पोखरेलले मैलुङमा उद्घाटन गर्दै भौगोलिक रुपले अति विकट रहेको क्षेत्रमा सरकारले तोकेकै समयभित्रै सडक निर्माण सम्पन्न गर्ने नेपाली सेना र नेपाली सेनाका सबै दर्जाका जवान तथा अधिकृतलाई धन्यवाद दिनुभयो ।

गल्छीदेखि सदरमुकाम धुञ्चेदेखि रसुवागढीसम्मको अन्तर्राष्ट्रिय राजमार्ग १०६ किमी रहेकामा नवनिर्मित सडकखण्ड खुलेपछि २५ किमी घटी ८१ किमीमा आउनेछ । गल्छीदेखि स्याफ्रुबेंसीसम्म भने साविकमा ९० किमी भएकामा अब ६५किमी हुनेछ । चट्टान नै चटन भई भौगोलिक विकट सो स्थानमा विसं २०७२ वैशाख १देखि सो सडकखण्ड निर्माण शुरु भई गत चैत ३० गते निर्माण सम्पन्न भएको थियो ।

नेपाली सेनाले मार्ग खोलिसकेको स्याफ्रु–मैलुङ सडकखण्डमा अब छिट्टै थप व्यवस्थापनका काम सरकारले अघि बढाई नेपाल–चीनको व्यापार अघि बढाउने छ । कार्यक्रममा नेपाली सेनाले निर्माण गरेको उक्त सडक आजै सडक विभागलाई हस्तान्तरण गरिएकोे छ । सडक निर्माणको लागत रु ७० करोड ६९ लाख ९० हजार रहेको नेपाली सेना सडक निर्माणका प्राविधिक सेनानी सञ्जय केसीले बताउनुभयो । सडक निर्माणमा नेपाली सेनाका सबै दर्जालाई प्रधानमन्त्री केपी शर्मा ओलीले धन्यवाद दिनुभएको सन्देश रक्षामन्त्री पोखरेलले जनसमुदायमाझ जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल, सडक विभागका महानिर्देशक गोपाल सिग्देलसमेतको सहभागिता थियो ।

२०७५ जेठ ६ गते प्रकाशित

वि.सं.२०७५ जेठ ६ आइतवार १५:१५ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:२९

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको...

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...