back
NMB ad

मेगा बैंकको खाता अब इन्टरनेटमार्फत खोल्न सकिने

Kumari bank ad

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले स्वदेश तथा विदेशमा रहेका ग्राहकहरुलाई इन्टरनेटबाटै खाता खोल्न सकिने सुविधा ल्याएको छ । ग्राहकहरुलाई नवीनतम सुविधाहरु थप्दै जाने क्रममा मेगा बैंकले स्वदेशी तथा विदेशी नागरिकहरुलाई इन्टरनेटमार्फत खाता खोल्न सकिने अत्याधुनिक अनलाइन सुविधा ल्याएको हो । यो सुविधापछि अब नयाँ ग्राहकहरुले कार्यालयमै आएर खाता खोल्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

‘मेगा बैंकमा खाता खोल्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन खाता खोल्ने सुविधा ल्याएका हौँ, अब ग्राहकहरुले इन्टरनेट सुविधा भएको जुनसुकै ठाउँमा बसेर पनि मेगा बैंकको खाता खोल्न सक्नेछन् । यसले ग्राहकहरुको समय बचत हुने हाम्रो विश्वास छ’, मेगा बैंककी निमित्त सिइओ रविना देशराज श्रेष्ठले भन्नुभयो, ‘गाडीमा यात्रा गरिरहँदा, एयरपोर्ट, निजी कार्यालय वा घरमै बसेर पनि ग्राहकहरुले हाम्रो यो सुविधा लिन सक्नुहुनेछ, तर त्यसका लागि इन्टरनेट चाँहि चाहिन्छ । आशा छ, हाम्रो यो अत्याधुनिक सुविधा ग्राहकहरुले मन पराइदिनुहुनेछ ।’

खाता खोल्ने प्रक्रिया

खाता खोल्न चाहने ग्राहकहरुले मेगा बैंक नेपाल लिमिटेडको आधिकारिक वेभसाइट ‘डब्लूडब्लूडब्लू डट मेगा बैंक नेपाल डटकम– www.megabanknepal.com मा जानुपर्नेछ । त्यहाँ अनलाइन खाता खोल्नका लागि एउटा लिंक भेटिन्छ । त्यसमा सम्पूर्ण विवरणहरु भरिसकेपछि नागरिकता वा पासपोर्ट र आफ्नो फोटो अपलोड गर्नुपर्छ ।

आफ्ना सम्पूर्ण विवरणहरु भरिसकेपछि ग्राहकको इमेलमा भेरिफिकेशन लिंक जान्छ । ग्राहकले त्यसलाई भेरीफाइ गरेपछि सम्पूर्ण विवरणहरु बैंकमा आइपुग्छ । बैंकका कर्मचारीहरुले ग्राहकले भरेका सम्पूर्ण विवरण र कागजपत्रको रुजु गरेर खाता स्वीकृति प्रक्रिया अगाडि बढाउँछन् । आफ्नो दस्तखत र कागजपत्रको भेरिफिकेशनका लागि ग्राहकहरु एकपटक बैंकमा आउनुपर्नेछ । त्यसपछि छिनभरमै खाता खुल्नेछ । अनलाइन खाता खोल्नका लागि सजिलो होस् भनेर जानकारीमुलक भिडियो समेत वेभसाइटमै प्राप्त गर्न सकिनेछ ।

मेगा बैंकका देशभरिका ९१ वटै शाखाबाट यो खाता खोल्ने प्रक्रियाबारे जानकारी लिन सकिन्छ । मेगा बैंकले आफूलाई पायक पर्ने शाखाहरुमा सम्पर्क गर्न ग्राहकहरुलाई अनुरोध गरेको छ ।

२०७५ जेठ ८ गते प्रकाशित

वि.सं.२०७५ जेठ ८ मंगलवार १८:२५ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...