back
NMB ad

नुवाकोटमा बीस करोडको लागतमा अक्सिजन उद्योग स्थापना गरिने

Kumari bank ad

त्रिशूली । जिल्लामा पछिल्लो समय ठूला लगानीका उद्योग स्थापना हुने क्रम बढेको छ । विदुर नगरपालिका–५ पिपलटारमा ठूलो लगानीको अक्सिजन उद्योग स्थापना गरिने भएको छ ।

पिपलटारमा स्थापना हुन लागेको सिद्धिगणेश अक्सिजन उद्योग प्रालिले वातावरणीय प्रभावको विषयमा सार्वजनिक सुनुवाइ गरी उद्योग स्थापनाको विषयमा स्थानीयवासीसँग छलफल गरेको छ । उद्योग स्थापना गर्नुअगाडि गर्नुपर्ने सार्वजनिक सुनुवाइको आयोजना गर्दै कम्पनीले उद्योगबाट पर्न सक्ने असर तथा प्रभावको विषयमा जानकारी गराएको कम्पनीका सञ्चालक दीपक खतिवडाले जानकारी दिनुभयो ।

रु २० करोड लगानी गरी ५६ जनालाई रोजगारी दिने उद्देश्यका साथ उद्योग स्थापना गर्न लागेको हो । स्थानीयवासीलाई प्राथमिकतामा राखेर रोजगारी दिने तथा कम्पनीका तर्फबाट हुन सक्न सबै प्रकारका सहयोग स्थानीयवासीलाई गर्ने सञ्चालक खतिवडाले बताउनुभयो ।

घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष सूर्य कँडेलले उद्योगको स्थापनाका लागि आउने सबै सरोकारवालालाई सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले अक्सिजन उद्योग स्थापनाले समुदायमा कुनै असर नगर्ने भएकाले सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । अक्सिजन उद्योग स्थापना हुँदा नागरिकमा सामान्य रुपमा मात्रै असर हुने र त्यसको असर न्यूनीकरणका लागि कम्पनीले न्यूनीकरणका उपकरण जडान गर्नुपर्ने वातवरणीय विज्ञ डा केदार ढकालले बताउनुभयो ।

स्थानीयस्तरमा उद्योगको स्थापना हुँदा रोजगारीको अवसरमा र अप्रत्यक्ष रुपमा स्थानीयस्तरमा आर्थिक उन्नति हुनेछ । नागरिक सुनुवाइ कार्यक्रममा स्थानीयवासीले उद्योगबाट समुदायमा असर पर्न सक्ने भएमा त्यसलाई व्यवस्थित गर्नका लागि आग्रह गरेका छन् ।

रासस
२०७५ जेठ ९ गते प्रकाशित

वि.सं.२०७५ जेठ ९ बुधवार १३:३८ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...