back
NMB ad

पर्यटन प्याकेज सार्वजनिक गर्ने उद्घोषसहित सोट्टो नेपालको शुक्लाफाँटा–नालापानी–खप्तड यात्रा सम्पन्न

Kumari bank ad

धनगढी । सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक गन्तव्यहरुलाई एकसाथ समेटेर सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले पर्यटन प्याकेज सार्वजनिक गर्ने भएको छ ।सुदूरपश्चिम र भारतको उत्तराखण्ड अन्तर्गत पर्ने विभिन्न गन्तव्यहरुलाई समेटेर बढीभन्दा बढी पर्यटक सुदूरपश्चिम भित्र्याउने उदेश्यसहित सोट्टोले उक्त उद्घोष गरेको छ ।

वैशाख ३० गते देखि जेठ ८ गतेसम्म सोट्टो–नेपालका निवर्तमान अध्यक्ष यमबहादुर खड्का नेतृत्वमा नेपाल पर्यटन बोर्डका प्रतिनिधि, पर्यटन व्यवसायी, पर्यटन पत्रकारलगायत दर्जनबढीले स्थलगत अध्ययन भ्रमण र अवलोकनपछि उक्त घोषणा गरिएको हो । 

सुन्दर सुदूरपश्चिमको प्रबद्र्धनात्मक अभियानअन्तर्गत उक्त समूहले कञ्चनपुरमा रहेका शुक्लाफाँटा, लिङ्गा, बेदकोट तालसहितको अवलोकन र अन्तक्रिया गरेर यात्रा शुरुवात गरेको थियो ।

त्यसपछि प्रवद्र्धनात्मक समूहले भारतबाट धेरैभन्दा धेरै पर्यटक शुक्लाफाँटा ल्याउने उदेश्यसहित हरिद्धार, नालापानी, देहरादुन, मसुरी, र ऋषिकेश, नैनितालको स्थलगत अध्ययन अवलोकनसहित ती स्थानमा अन्तक्रिया गर्दै शुक्लाफाँटासहित सुदूरपश्चिम र नेपालका विभिन्न स्थानमा पुग्नुपर्ने विषयमाथि प्रकाश पार्दै आफ्नो यात्रा अगाडि बढाएको थियो । प्रतिनिधिमण्डलले भारतको देहरादुनमा रहेको प्रेस क्लबसहित उत्तराखण्डका पर्यटन, बाढी नियन्त्रण, सस्कृति र सिँचाईमन्त्री श्री सत्पालजी महाराजसँग अन्तक्रिया गरेर भारतीय पर्यटक नेपाल घुम्नैपर्ने कारणबारे प्रष्ट पारेको थियो । उक्तक्रममा त्यहाँका पर्यटनमन्त्री सत्पालजीले पर्यटनका विषयमा चासो व्यक्त गर्दै आफूले नेपाल र भारतका पर्यटकहरुलाई एक आपसमा जोड्ने कार्यमा सहयोग गर्ने बताएका थिए ।

ऐतिहाँसिक स्थल वीर बलभद्र कुँबरको वीरताको किल्ला नालापानी र डडेल्धुराको अमरगढीलाई एकसाथ जोड्नुका साथै धार्मिक पर्यटन प्रवद्र्धन गर्ने विषयमा पनि त्यहाँ गहन भएको थियो । त्यसपछि नेपाल फर्केको उक्त समूहले प्रदेश सातका सभामुख अर्जुन थापाले नेपालको झण्डा दिएर सुदूरपश्चिमको पर्यटन प्रबद्र्धनात्मक कार्यको शुरुवात गराएका थिए । समूहले गोदावरीधाम, डडेल्धुराको अमरगढी, उग्रतारा लगायतको अवलोकनपछि अमरगढीमा अन्तक्रिया गरेर त्यहाँको पर्यटन विकासमा स्थानीयले खेल्नुपर्ने भूमिकाबारे अवगत गराएको थियो ।

यस्तै बीचबीचमा विभिन्न आकर्षक गन्तव्यको अवलोकनपश्चात् बझाङ पुगेर समूहले भारत र चीनलाई छोटो दूरीमा जोड्न सकिने ताक्लाकोट सडकको अवलोकनसहित बझाङको चैनपुरमा पर्यटन विकासमा सबैले आ–आफ्नो ठाउँबाट गर्नुपर्ने कामबारे स्थानीय तह,सञ्चारकर्मी र सर्वसाधारणलाई अन्तक्रियामार्फत जानकारी गराएको थियो । प्रबद्र्धनात्मक कार्यअन्तर्गत समूहले सुदूरपश्चिमको सबैभन्दा सुन्दर गन्तव्य खप्तडका मनोरम दृष्यहरुको अवलोकनपछि त्यहाँका पर्यटकीय सम्भावनाबारे उजागर गर्ने काम गरेको थियो ।
खप्तडको पाटन(मनोरम घाँसेमैदान)हरु, त्यहाँको जैविक विविधता, शान्त स्थान, भर्जिन गन्तव्यमा पुगेपछि जो कोहिले पनि खप्तड आउनैपर्ने रहेछ भन्ने निष्कर्षसहित त्यसपछि उक्त समूह अछामका पर्यटकीय गन्तव्यको उजागर गर्ने उदेश्यसहित अछामको साँफेबगर पुगेर त्यहाँको पर्यटकीय सम्पदाको प्रबद्र्धनात्मक कार्यसँगै अन्तक्रिया गरेको थियो ।

त्यससँगै समूहले डोडीको शैलेश्वरी मन्दिरको अवलोकनसहित धनगढी फर्किएर प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यमा सुदूरपश्चिमका पर्यटकीय सम्पदाबारे प्रदेश ७ ले खेल्नुपर्ने भूमिकाबारे प्रकाश पार्दै कार्यक्रमको समापन गरेको थियो ।  समापन कार्यक्रममा समूहले सुदूरपश्चिम पर्यटकका लागि भर्जिन गन्तव्य भएपनि पर्यटकीय पूर्वाधार विकास नभएसम्म त्यहाँ पर्यटक पुर्याउन नसकिने निष्कर्षसहित पर्यटकलाई सहजरुपमा त्यहाँका गन्तव्यमा पुर्याउन सकिने व्यवस्था गराउन मुख्यमन्त्री भट्टसहित सामाजिक विकास मन्त्री दिर्घ सोडारी, प्रदेश सातका पर्यटन मन्त्री माया भट्ट, सांसद पुर्णा जोशी, सुदूरपश्चिमका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, पर्यटन व्यवसायी, उद्योगीहरुको ध्यानाकर्षणगराएको थियो ।

समापन कार्यक्रममा मुख्यमन्त्री भट्टले पर्यटन पूर्वाधार विकास गरेरसुदूरपश्चिमको पर्यटनलाई जुरुक्कै माथि उठाउन आफूले योजनाबद्ध कार्य अगाडि बढाउने बताएका थिए । यस्तै कार्यक्रममा लामो समयदेखि नेपालको पर्यटन क्षेत्रलाई माथि उठाउनुपर्छ भनेर राजनीतिक अभियानमा रहेका नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले हामी माल पाएर चाल नपाउने नेपाली भएको भन्दै भारतबाट बढीभन्दा बढी पर्यटक सुदूरपश्चिम भित्र्याएर त्यहाँ समृद्धि ल्याउन सकिने बताए । उनले व्याँग्यात्मक शैलीमा बाँदर लड्ने भिरमा पर्यटक हिड्दैनन् भन्दै पदमार्ग, हवाइमार्ग लगायतले त्यहाँका गन्तव्यमा पर्यटकलाई सहजरुपमा पुराउने र पर्यटकलाई दिईने खानपान, बसोबास लगायत सुरक्षाका विषयमा ध्यान दिन उनले प्रदेश ७ का मुख्यमन्त्रीलगायत मन्त्रीहरुलाई सुझाए ।

त्यस्तै व्यवसायीको आँखा सुदूरपश्चिमका गन्तव्यमा परिसकेको भन्दै थापाले भर्जिन पर्यटकीय गन्तव्यको विकासमा सरकार र निजीक्षेत्र लगायत सरोकार पक्षले एकसाथ कार्य गर्नुपर्ने बताए ।  कार्यक्रममा सहभागी मन्त्रीहरु, सांसद, पर्यटन व्यवसायी लगायतले सुदूरपश्चिमको समृद्धिका लागि पर्यटनलाई जुरुक्कै उठाउने विषयमा आफूहरु प्रतिबद्ध रहेको बताएका थिए । सोट्टो नेपालले अब त्यहाँका गन्तव्यमा पर्यटक पुर्याउन पर्यटन प्याकेज तयार गर्ने प्रतिबद्धता जनाउँदै सबैभन्दा पहिले त्यहाँको पर्यटकीय पूर्वाधार निर्माणमा प्रदेश सरकारको ध्यानाकर्षण गराएको थियो ।

२०७५ जेठ ९ गते प्रकाशित

वि.सं.२०७५ जेठ ९ बुधवार १४:२२ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...