back
NMB ad

बिरामी छोराको उपचार गर्न अस्पताल हिडेकी सविताको उपचार नै गर्न नपाई छोरासहित दुर्घटनाले ज्यान लियो

Kumari bank ad

भक्तपुर । “नरुनुस् न आमा, नरुनुस् न दादा ।” स्कुल पोशाकमै रहेकी बालिकाले भक्तपुर अस्पतालको चौरमा आफू रुँदै आफ्ना आफन्तको आँसु पुछिदिँदै गरेको देख्दा अस्पताल परिसरमा झुम्मिएकाको आँखा रसाएका थिए ।

दुर्घटनामा आमा र भाइ गुमाएकी लोकन्थलीकै ओम ज्ञान मन्दिरमा कक्षा १० मा पढ्ने १५ वर्षकी अनुजा घिमिरे स्कुलबाटै अस्पताल आएर रुँदै अरुलाई नरुन आग्रह गरेको देख्दा त्यहाँ नरुने कोही थिएन ।

काभे्रको साँगाबाट आज करीब १२ः३० बजे तीव्र गतिमा आएको बा३ख ६६७४ नंको टिपरले अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–९ पलासेमा बा५६प १२२७ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको घटनास्थलमै ज्यान गएको हो ।

घटनामा मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, दोलखा मेलुङ गाउँपालिका– ६ घर भई विगत १६ वर्षदेखि लोकन्थलीमा पसल सञ्चालन गरेर बस्दै आएकी ३६ वर्षीया सविता घिमिरे र उहाँको छोरा १३ वर्षीय अरविन घिमिरेको मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

शवलाई भक्तपुर अस्पतालमा पठाइएको, ठक्कर दिने टिपरलाई प्रहरी वृत्त जगातीमा राखिएको र फरार रहेका चालकको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

साँगामा रहेको नेपाल प्रहरी आवासीय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने छोरा बिरामी भएको खबर आएपछि छिमेकी हरिबहादुरलाई लिएर स्कुल पुगेर छोरालाई उपचारका लागि लैजाँदै गर्दा टिपरले ठक्कर दिएको थियो । छोराको उपचार नै गर्न नपाई आमा छोराको एकैपटक ज्यान गयो ।

लोकन्थलीमै घर बनाउने सपना बोकेर दुई महिनाअघि मलेशिया गएका श्रीमान् केशव घिमिरेले एकैसाथ श्रीमती र छोरा मात्रै गुमाएनन्, आजै साँझ ५ बजे अमेरिका जान लागेका सविताको भाइ कुमार काफ्लेको यात्रासमेत यही शोकले रोकिएको मध्यपुरथिमि नगरपालिका वडा नं १ का वडा अध्यक्ष सुरज खड्काले बताउनुभयो ।

हरिबहादुरको अवस्था पनि उस्तै छ । जेठी छोरी, एक छोरा र श्रीमती अष्ट्रेलियामै बस्छन्, कान्छी छोरी अमेरिकामा बस्छन् । नयाँ घर बनाउन अष्ट्रेलियाबाट फर्केका हरिबहादुरको यही घटनामा मृत्यु भएपछि उहाँको आमा र बुबाले अस्पतालमा आफ्नो आँशुलाई रोक्नै सकेनन् ।

“खाना खाएर म छिट्टै फर्कन्छु है आमा भनेर हिँडेका छोराको यो हालत भयो” भन्दै आमा जानकी कटुवाल सँगै रुँदै अस्पतालमा पुगेका कसैको आँशु थामिएन ।

सविताको दाजु नवराज काफ्लेले टिपर चालकलाई पक्राउ नगरेसम्म शव नबुझ्ने र कडा कारबाही गर्न माग गर्नुभयो । कुनै पनि बहानामा चालकलाई उन्मुक्ति दिने प्रयास गरिए चुप लागेर नबस्ने उहाँले बताउनुभयो ।

अस्पतालमा भेला भएकाहरुले टिपरलगायत मालबाहक सवारी साधनलाई राति ९ बजेपछि बिहान ४ बजेसम्म मात्रै सञ्चालन गर्ने व्यवस्था गर्न सरकारसँग माग गरे । साथै ज्यानै जाने गरी दुर्घटना गराउने चालकलाई ज्यान मुद्दा नै लगाउनुपर्ने माग उनीहरुले राखेका छन् ।

प्रहरी नायब उपरीक्षक श्रेष्ठले घटनाको प्रारम्भिक अनुसन्धानबाट टिपर चालकको ठूलो लापरबाही देखिएको प्रतिक्रिया दिनुभयो । उहाँले चालकलाई पक्राउ गरी कानूनी कारबाही अगाडि बढाउने पनि बताउनुभयो । रासस

२०७५ जेठ ९ गते प्रकाशित

वि.सं.२०७५ जेठ ९ बुधवार १९:३५ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...